काठमाडौं– अन्तराष्ट्रिय गिरोहसँग मिलेर नेपालमा सट्टेबाजीको धन्दा चलाउने गिरोहका नाइके अमृत भन्ने नथमल अग्रवाल(नागराज) जेल चलान भएका छन्। ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतल पुर्पक्षका लागि उनलाई जेल चलानको आदेश दिएको हो।
महानगरीय अपराध महाशाखाले उनलाई असार ९ गते पक्राउ गरेको थियो।
उनले गत महिना सम्पन्न इन्डियन प्रिमियर लिग(आइपिएल)मा सट्टेबाजका काम गर्ने भन्दै २ करोड ४० लाख रुपैयाँ लिएर ठगी गरको उजुरी परेपछि पक्राउ गरिएको थियो। आइपिएलको क्रिकेटमा तीन महिनामा तेब्बर फाइदा हुने र हारे पनि पैसा फिर्ता हुने भन्दै पैसा उठाइ ठगी गरेका हुन्।
उनी अन्तराष्ट्रिय गिरोहसँग मिलेर सट्टेबाजको धन्दा चलाउँदै आएका व्यक्ति हुन्। उनको सम्पती पनि छानबिन भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।