काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागको महानिर्देशकमा दिलीपकुमार चापागाईंलाई पठाएको छ।
चापागाईँलाई बिहीबारदेखि पदभार सम्हाल्नेगरी विभाग पठाएको मन्त्रालय स्रोतले बताएको छ। यसअघिका महानिर्देशक भुवनप्रसाद आचार्यलाई भने मन्त्रालयले व्यावसायिक तथा सीप विकास तालिम केन्द्रको प्रमुखको जिम्मेवारी दिएको छ।
चापागाईं यसअघि स्थानीय विकास मन्त्रालयमा कार्यरत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।