काठमाडौं– अवैध रुपमा नेपाल प्रवेश गरेका तीन चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। सीमा प्रहरी चौकी कोदारी, सिन्धुपाल्चोकले मंगलबार चिनियाँलाई तातोपानी सीमा नजिकै पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा सिगाचेका वाङबो, ल्हासाका कुङगा र हुब्बेका लोफान्खु छन्। उनीहरुमध्ये कुङगा र लोफान्खु तिब्बतका बासिन्दा हुन्।
गस्तीको क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि थप कारबाहीका लागि अध्यागमन विभागका कालिकास्थानमा पठाइएको छ।
तिब्बतमा बस्दे चिनियाँहरु अवैध रुपमा नेपालमा प्रबेश गर्दछन्। यसरी तिब्बतबाट भाग्नेहरु निर्वाचित तिब्बती धर्मगुरु दलाई लामाका अनुयायीहरु भएको बताइन्छ। नेपाल पक्राउ परेका तिब्बतीलाई चीनमा नभई भारतमा निष्काशन गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।