काठमाडौं– भदौ २२ गतेका लागि प्रदर्शन मिति तय गरेको फिल्म 'सुश्री सम्पत्ति' यतिबेला छायांकनमा व्यस्त छ। यसै क्रममा फिल्मको गीत छायांकनका केही तस्बिर सार्वजनिक भएका छन्।
तस्बिरहरुमा अभिनेता विनोद न्यौपाने, सलोन बस्नेत तथा अभिनेत्री सहारा सिर्पाली परम्परागत दरबारिया पोशाकमा देखिएका छन्। गीतमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ।
फिल्मको करिब ८० प्रतिशत छायांकन सकिएको जनाइएको छ।
सुव्रत आचार्यको कथा लेखन तथा निर्देशन रहेको फिल्ममा अभिनेता सलोन बस्नेत मुख्य अभिनेताका रुपमा देखिनेछन्। यस्तै, प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतको पनि अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।