पोखरा– प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्।
गण्डकी प्रदेशको संसदलाई सम्बोधन गर्न तथा पोखरा विश्वविद्यालयको १९औँ वार्षिक साधारणसभा समारोहका लागि पोखरा पुगेका उनले निर्माणाधीन विमानस्थल निरीक्षण गर्दै यहाँ भइरहेका कामबारे जानकारी लिएका हुन्।
प्रधानमन्त्री ओलीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख विनेश मुनकर्मीले भइरहेका निर्माण कार्यबारे जानकारी गराए।
निरीक्षणका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतको उपस्थिति थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।