नुवाकोट– अविरल वर्षाका कारण बुधबार राति नुवाकोटको सुर्यगढी गाउँपालिका–३, चोगतेमा पहिरोले एक घर पुरिएको छ। घटनामा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख वसन्त कुँवरले बताए।
घाइते हुनेमा घरधनी नवराज श्रेष्ठ, उनकी श्रीमती, छोरा र छोरी रहेको प्रहरी प्रमुख कुँवरले जानकारी दिए।
घाइतेहरुको अहिले नुवाकोटको विदुरमा रहेको सिटी अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
पहिरोले घर पुरिँदा १३ वटा बाख्रा र ३५ वटा कुखुरासहित करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ।
प्रहरी प्रमुख कुँवरका अनुसार श्रेष्ठको घरमा किराना पसल रहेको र कति मात्रामा क्षति भयो भन्ने यकिन भइसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।