काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ५३ जनामा कोरोना संक्रमण देखिएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २ हजार १२० जनाको कोरोना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै सक्रिय संक्रमितको संख्या ३३३ पुगेको छ। सो अवधिमा २० जना कोरोनासंक्रमण मुक्त भएका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।