• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार १९, २०८२ Thu, Jul 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग
प्रयोगशालाको माइक्रोस्कोपबाट हेर्दा : साधारण मानिसले नबुझेका असाधारण शब्दहरू
राजेन्द्रदेव भट्ट सोमबार, असार २०, २०७९  ०७:०२
1140x725

प्रयोगशालाको मुख्य उद्देश्य बिरामीको रोगको निदान गरी उपचारमा संग्लग्न भएका डाक्टर तथा  स्वास्थ्यकर्मीलाई गुणस्तरीय रिपोर्ट प्रदान गर्नु हो। यस्ता रिपोर्टले छिटोभन्दा छिटो उपचार गर्न मद्दत पुर्याउँछ। बितेका १०-१५ वर्षमा  हाम्रो देशमा प्रयोगशाला चिकित्साले  संख्यात्मक हिसाबले निकै फड्को मारेको छ। तर, गुणस्तरको हिसाबले अझै पनि सर्वसाधारणले प्रयोगशालाको रिपोर्टमाथि प्रश्न गरिरहेकै छन्।

घर होस् वा प्रयोगशाला, बैंक होस् वा पाठशाला, व्यवस्थापन राम्रो भएन भने त्यसबाट निस्किने उत्पादन गुणस्तरीय हुन सक्दैन। चिकित्सा प्रयोगशालाले रगत, पिसाब, खकार, आदिको नमूना परीक्षण गरी ती नमूनामा परीक्षण गर्दा भेटिएको तथ्य (उत्पादन) रिपोर्टको रुपमा बिरामी अथवा बिरामीको उपचारमा संग्लग्न स्वास्थ्यकर्मीलाई प्रदान गर्दछन्। प्रयोगशालामा गुणस्तरीय व्यवस्थापन भएन भने रिपोर्ट वा उत्पादन गुणस्तरीय नहुन सक्छ।

के हो गुणस्तर व्यवस्थापन प्रणाली?
कुनै पनि संस्थाको उत्पादन अथवा सेवाले प्रयोगकर्ताको आवश्यकता परिपूर्ति गरी सन्तुष्टि दिन सक्छ भने त्यसलाई गुणस्तरीय भन्न सकिन्छ। गुणस्तरीय सेवा दिन वा उत्पादन गर्न त्यो संस्थाले आत्मसात गरेको प्रणालीलाई गुणस्तरी व्यवस्थापन प्रणाली भन्न सकिन्छ। क्लिनिकल एन्ड ल्यबोरेटरी स्ट्यान्डर्ड्स इन्स्टिच्युट (सीएलएसआई) र आईएसओ १५१८९ ले बनाएको निर्देशिका अनुसार चिकित्सा प्रयोगशालाको उत्पादन गुणस्तरीय होस् भन्न प्रत्येक प्रयोगशालाले तल उल्लेखित १२ वटा विषय इमान्दारीपूर्वक आत्मसात गर्नुपर्छ।

१. संस्था: एक कार्यशील गुणस्तर व्यवस्थापन प्रणाली हुनको लागि प्रयोगशालाको संरचना र व्यवस्थापन व्यवस्थित हुनुपर्छ, ताकि नीतिहरू स्थापना र कार्यान्वयन गर्न सकियोस्। व्यवस्थापकीय प्रतिबद्धता, बलियो समर्थन, संगठनात्मक संरचनाका साथै त्यो संस्थामा कार्यान्वयन र अनुगमनको लागि एक संयन्त्र हुनुपर्छ।

२. कर्मचारीहरू: सक्षम कर्मचारी सदस्य प्रयोगशालाको लागि सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति हुन्। चिकित्सा प्रयोगशालामा काम गर्ने प्राविधिक, प्रशासनिक तथा सरसफाइका कर्मचारीको नियुक्ति गर्दा योग्य, समर्पित एवं इमान्दार व्यक्तिहरूलाई लिनुपर्छ। उनीहरूलाई  निरन्तर प्रशिक्षण, प्रेरणा र संलग्नता गराई राखे गुणस्तर व्यवस्थापन प्रणाली प्रभावकारी देखिन्छ।  

३. उपकरण: प्रयोगशालामा धेरै प्रकारका उपकरणहरू प्रयोग गरिन्छन्। सही उपकरण छनोट गर्दै, नयाँ उपकरणलाई ठीकसँग काम गर्ने सुनिश्चित गरी मर्मतसम्भारको लागि प्रणालीको विकास र त्यसको अनुसरण गरेको देखिनु गुणस्तर व्यवस्थापन प्रणालीको मुख्य अंग हो। प्रयोगशालामा प्रयोग हुने प्रत्येक उपकरणलाई सुरक्षित रूपमा सञ्चालन गर्न ती उपकरणलाई समय समयमा क्यालिब्रेसन गर्नु पर्दछ। क्यालिब्रेसन सबै क्लिनिकल प्रयोगशाला परीक्षणको आधार हो जसले बिरामीको नतिजाको सही रिपोर्टिङ सुनिश्चित गर्दछ। (क्यालिब्रेसनबारे यी बुँदापछि चर्चा गरिनेछ।)

४. खरिद एवं भण्डारण: गुणस्तरीय रिपोर्टको लागि प्रयोशालामा प्रयोग हुने रसायन तथा  अन्य आपूर्तिहरू निरन्तर उच्च-गुणस्तरका छन् भनी सुनिश्चित गर्न आपूर्ति श्रृंखलाको उचित व्यवस्थापन महत्त्वपूर्ण हुन्छ। त्यसैले आवश्यक रसायन एवं अन्य आपूर्तिहरू खरिद तथा भण्डारण उचित तरिकाले गरिनु पर्छ।

५. प्रक्रिया नियन्त्रण: प्रयोगशालाले जाँचको लागि नमूना पाएको समयदेखि रिपोर्ट बनाउनसम्म लाग्ने समयलाई 'कुल परीक्षण समय' भनेर बुझिन्छ। यो अवधिमा नमूना संकलन, नमूना परिक्षण तथा रिपोर्ट प्रेषण आदि काम हुन्छन्। गुणस्तर नियन्त्रण भएको प्रयोगशालाभित्र प्रयोग भएका उपकरणहरूले दिने रिपोर्ट ठीक छ कि छैन भनेर  पहिले नै थाहा भएको 'कन्ट्रोल मेटेरियल'लाई उक्त मसिनमा जाँचिन्छ। त्यसको परिणाम जति आउनु पर्ने हो त्यति आयो भने गुणस्तर नियन्त्रणमा छ, नत्र छैन भन्ने बुझिन्छ। 

प्रयोगशालाले जाँच प्रक्रिया सजिलोको लागि तीन भागमा विभाजन गरेको हुन्छ। पूर्वपरीक्षण, परीक्षण तथा परीक्षणपश्चात। पूर्वपरीक्षण तथा परीक्षणपश्चातका चरणहरूमा हुन सक्ने गल्तीको पहिचान तथा निराकरण गर्न विभिन्न गुणस्तरका सूचकहरूको विकास एवं अनुसरण गर्नु पर्छ।

परीक्षणमा हुनसक्ने गल्तीलाई कन्ट्रोल मेटेरियलहरूको प्रयोग गरी निराकरण गर्नु पर्दछ। कुनै पनि प्रयोगशालाले आफ्नो रिपोर्टको गुणस्तर सुनिश्चित गर्न चाहन्छ भने उक्त प्रयोगशालामा अधिकतम  गुणस्तरका सूचकहरूको अनुसरण इमान्दारीपूर्वक गर्नुपर्छ।

६. सूचना व्यवस्थापन: प्रयोगशालाले परीक्षण परिणाम, मर्मत रिपोर्ट र अन्य डेटासहित जानकारीकाहरू उत्पादन गर्दछ। यो डेटाहरूको सबै सही जानकारी  सुरक्षित तथा  गोप्य, तर  प्रयोगशाला प्रवन्धकहरू र नेतृत्व जस्ता सही विशेषाधिकार भएका व्यक्तिहरूका लागि पहुँचयोग्य छ भनी सुनिश्चित गर्ने तरिका व्यवस्थित गर्नु पर्दछ। सूचना व्यवस्थापन प्रणाली पूर्णरूपमा कागजमा आधारित, कम्प्युटरमा आधारित वा दुवैको संयोजन हुन सक्छ।

७. कागजात र अभिलेख: कागजात तथा  रेकर्डहरूको व्यवस्थापन गुणस्तर प्रणालीको १२ आवश्यक तत्वहरूमध्ये एक हो। कागजातहरूले नीति, प्रक्रिया र प्रक्रियाहरूबारेमा लिखित जानकारी प्रदान गर्दछ। कागजातहरू समय समयमा परिवर्तन हुन सक्छन्। त्यस्ता कागजातहरू जसमा भएको सूचना र तथ्यहरूलाई कुनै पनि हालतमा परिवर्तन गर्न मिल्दैन, गर्नु हुँदैन। त्यस्तो कागजातलाई  अभिलेख अथवा रेकर्ड भनिन्छ।

८. घटना व्यवस्थापन: घटना वा एक त्रुटि हुनु हुँदैन। यी समस्याहरू वा घटनाहरू पत्ता लगाउन, तिनीहरूलाई ठीकसँग ह्यान्डल गर्न र गल्तीहरूबाट सिक्न र कारबाही गर्नको लागि एक प्रणाली आवश्यक हुन्छ, ताकि तिनीहरू फेरि नदोहोरियोस्।

९. मूल्याङ्कन: प्रयोगशालाले  बिरामी अथवा चिकित्सकहरूका आवश्यकता गुणस्तरीय तवरले पूरा गरिरहेको छ कि छैन भनी सबै सरोकारवालाहरूलाई नियामक एवं मान्यता प्राप्त  बाह्य संस्था  वा आन्तरिक रुपमै पनि गुणस्तर व्यवस्थापन प्रणालीको केही अंश वा सबै अंशको व्यवस्थित मूल्याङ्कन नियमित रुपमा गरिराख्नु पर्दछ।

१०. प्रक्रिया सुधार: कुनै पनि प्रयोगशालाको गुणस्तर व्यवस्थापन प्रणालीले एकचोटी राम्रो स्थापना गर्दैमा सधैँ राम्रो भइरहन्छ भन्ने हुँदैन। तसर्थ प्रयोगशालामा  प्रक्रियाहरूको निरन्तर सुधार गरीराख्नु पर्दछ।

११. ग्राहक सेवा: ग्राहक सेवाको अवधारणालाई अक्सर प्रयोगशालाहरूले अभ्यास नगरेको अथवा बेवास्ता गरिएको देखिन्छ। यद्यपि, यो नोट गर्न महत्त्वपूर्ण छ कि प्रयोगशाला एक सेवा संगठन हो; त्यसकारण, प्रयोगशालाले ग्राहकहरू को हुन् भनेर बुझ्नुपर्छ र तिनीहरूका आवश्यकता मूल्याङ्कन गर्नुपर्छ र सुधार गर्नको लागि ग्राहकहरूको (बिरामी अथवा चिकित्सक) प्रतिक्रिया निरन्तर लिइराख्नु पर्दछ। 

१२. सुविधा र सुरक्षा: प्रयोगशालाको काम गर्ने ठाउँ र सुविधाहरू कामको गुणस्तरमा सम्झौता नगरी कामको भार पूरा गर्न सकिने हुनुपर्छ। हरेक प्रयोगशालाको बनावट एवं व्यवस्थापन यस्तो हुनुपर्छ कि त्यसबाट प्रयोगशाला कर्मचारी, अन्य स्वास्थ्य सेवा कर्मचारी, बिरामी र समुदायको सुरक्षामा कुनै पनि किसिमले हानी नोक्सानी नपुगोस्।

के हो क्यालिब्रेसन?
प्रयोगशालामा प्रयोग हुने उपकरणहरू जसले रगत, पिसाब अथवा अरु कुनै तरल पदार्थ कुनमा कति मात्रामा छ भनी मापन गर्दछ, त्यस्तालाई बिरामीहरूको नमूना जाँच गर्नुभन्दा पहिले नै क्यालिब्रेटर (जसमा हामीले नाप्न खोजेको पदार्थको मात्र थाहा भएको हुन्छ)को मद्दतले उक्त उपकरणलाई स्वीकार्य दायराभित्र नमूनाको लागि परिणाम प्रदान गर्न उपकरण कन्फिगर गरिन्छ। क्यलिब्रेसन गर्न क्यालिब्रेटर चाहिन्छ, जुन बजारमा किन्न पाइन्छ।  हरेक उपकरण एवं जाँचअनुसार क्यालिब्रेटर फरक फरक हुन सक्छन्।

यसलाई सजिलोको लागि यसरी बुझौं।  हामीले सागपात अथवा फलफूल किन्दा डिजिटल तराजुमाथि अरु कुनै कागजात अथवा अरु केही राखेको भए पनि किन्न खोजेको कुरा जोख्नु पर्यो भने पसलेले ती कागजातहरू नहटाइ त्यसैमाथि हामीले किन्न खोजेको कुराहरू राख्छ। पसलेले त्यसलाई क्यलिब्रेसन गरेर 'जिरो' बनाउँछ, जसले गर्दा हामीले किन्न खोजेको सामानको मात्रामा केही फरक पर्दैन। ठीक त्यसरी नै प्रयोगशालामा प्रयोग हुने उपकरणहरूलाई पनि कुनै जाँच गर्नुपूर्व नै एउटा क्यालिब्रेटरको मद्दतले क्यालिब्रेट गरिन्छ। उक्त उपकरण क्यालिब्रेट भइसकेपछि त्यसले सही जाँच गर्छ कि गर्दैन पुष्टि गर्न नियन्त्रण सामग्रीलाई बिरामीको नमूना जाँचेजस्तै जाँचिन्छ। त्यस्ता कन्ट्रोल मेटेरियलहरू बजारमा किन्न पाइन्छन्। 

कन्ट्रोल मेटेरियलमा हामीले जाँच्न  खोजेको टेस्टको मात्रा पहिले नै थाहा हुन्छ र उक्त उपकरणले हामीलाई थाहा भएको मात्राजति नै रिपोर्ट दियो भने हाम्रो क्वालिटी कन्ट्रोलमा छ भन्ने बुझिन्छ। यदि, उक्त उपकरण त्यो कन्ट्रोल मेटेरियलमा जति भ्यालु आउनु पर्ने हो त्योभन्दा फरक दियो भने प्रयोगशालाकर्मीले त्यसको कारण पत्ता लगाएर त्यसलाई ठीक पार्नुपर्छ। क्वालिटी कन्ट्रोल मेटेरियलको आउनु पर्ने भ्यालु नआए बिरामीको रगतको जाँच गर्न मिल्दैन, गर्नु हुँदैन।  

प्रत्येक प्रयोगशालाले बिरामीको नमूना जाँच गर्न पूर्व यदि, उपकरण क्यालिब्रेसन एवं क्वालिटी कन्ट्रोल गरेको छैन भने उक्त प्रयोगशालाको रिपोर्टमा पूर्ण रुपले विश्वास गर्ने आधार न्यून हुन जान्छ। त्यसो भए के सामान्य मानिसले आफ्नो रिपोर्टमा शंका लागेमा प्रयोगशालाकर्मीलाई क्यालिब्रेसन तथा क्वालिटी कन्ट्रोलको बारेमा प्रस्न सोध्न सक्छ?

निश्यच नै सोध्न सक्छ, सोद्न पाउनुपर्छ। किनभने गुणस्तर भनेको नै कुनै पनि संस्थाको उत्पादन अथवा सेवाले प्रयोगकर्ताको आवश्यकतालाई परिपूर्ति गरी सन्तुष्टि  प्रदान गर्नु हो। 

आईएसओ १५१८९:२०१२ 
माथिका १२ बुँदा गुणस्तर नियन्त्रणका लागि अति आवश्यक छन्। के कुनै त्यस्तो मन्त्र  छ, जसले यी माथि उल्लेखित सबै कुरा प्रयोगशालाले ठीक ढंगले अनुसरण गरेको वा नगरेको पत्ता लगाउन सकिन्छ?  

मन्त्र त छैन, एउटा उपाय भने छ। त्यो उपाय भनेको आईएसओ १५१८९:२०१२ को अनुसरण हो। त्यसको लागि राज्यले छुट्टै स्वतन्त्र एवं साधन स्रोत तथा अधिकार सम्पन्न  निकायमार्फत नियमित रुपमा अनुगमन गर्नुपर्छ। कहाँ के पुग्दैन, कसरी पुगाउन सकिन्छ  त्यसको व्यवस्थापन गर्नुपर्छ।

त्यसो भए आईएसओ १५१८९:२०१२ को अनुसरण गरेका प्रयोगशालाका रिपोर्ट कुनै हालतमा गलत हुँदैनन्? यसलाई यसरी बुझौं, यदि कुनै दुई वटा मोटरसाइकल दुर्घटना हुन्छन् भने हेल्मेट नलगाएर चलाउने चालकको मृत्यु हुने सम्भावना हेल्मेट लगाएर चलाउनेभन्दा बढी हुन्छ।

(भट्ट धुलिखेल अस्पतालमा क्लिनिकल बायोकेमेस्ट्री एवं ल्याबोरेटोरी मेडिसिनका असिस्टेन्ट प्रोफेसर हुन्।) 

प्रकाशित मिति: सोमबार, असार २०, २०७९  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
खुला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन सर्वोच्चको अन्तरिम आदेश
जनकपुरले आसिफ र ललितसहित ७ खेलाडी रिटेन गर्यो
दिलभूषण पाठकलाई २५ हजार धराैटीमा छाड्न अदालतको आदेश
सम्बन्धित सामग्री
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर उद्यमी भनेको धेरै जनामा एक जना सफल भएको हुन्छ । त्योपनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर । उद्यमीमा पैसा कमाउने र बढाउने बेग्र इ... मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवैजनाको रिट एकैठाउँमा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो। आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आधुनिक ओखतिविज्ञान, आर्यूवेद तथा आध्यात्मिक अभ्यासका कारण चौरासी वर्षका क्याप्टेन आशबहादुर गुरुङ क्यान्सरमुक्त भएका हुन् । दिल्लीस्थ... आइतबार, फागुन १८, २०८१
ताजा समाचारसबै
खुला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन सर्वोच्चको अन्तरिम आदेश बिहीबार, असार १९, २०८२
जनकपुरले आसिफ र ललितसहित ७ खेलाडी रिटेन गर्यो बिहीबार, असार १९, २०८२
दिलभूषण पाठकलाई २५ हजार धराैटीमा छाड्न अदालतको आदेश बिहीबार, असार १९, २०८२
विवादित काश्मीरमा हिन्दू तीर्थयात्रा सुरु बिहीबार, असार १९, २०८२
राप्रपा बैठक : यस्तो छ निर्णय बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
हिमाचलमा बादल फाट्दा १० जनाको मृत्यु, ३५ बेपत्ता बुधबार, असार १८, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
बारामा जगदम्बा स्टिलको भट्टी पड्कियो, केही मानिस घाइते बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्