काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ५५ जना कोरोना संक्रमित थपिएका छन्।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २ हजार ६९८ जनाको परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार यससँगै सक्रिय संक्रमितिको संख्या २८० पुगेको छ।
मन्त्रालयका अनुसार सो अवधिमा १७ जना संक्रमणमुक्त भएका हुन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण हुने मृत्यु शून्य रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।