पोखरा– पर्वतको विभिन्न स्थानमा मध्यरात गएको पहिरोमा परी जनधनको क्षति भएको छ।
पर्वतको जलजलामा मध्यराति पहिरो जाँदा एक जना बेपत्ता भएका छन्। जलजला गाउँपालिका–८, लस्दी बरनेटा बस्ने १६ वर्षीय विकास परियार बेपत्ता भएका हुन्। सोही स्थानमा पहिरोले ३ घरसमेत बगाएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए। उनका अनुसार १५ घर विस्थापित भएर अन्यत्रै स्थानान्तरण गरिएको छ।
त्यस्तै जलजला गाउँपालिका–६, धाइरिङ बास्कोटमा गएको पहिरोमा परी ५ जना घाइते भएका छन्। स्थानीय भीमदत्त आचार्यको घर भत्कँदा उनीहरु घाइते भएका हुन्।
अविरल वर्षाका कारण मालढुंगा–बेनी सडकमा पहिरो गएकाले सडक अवरुद्ध बनेको छ। जसका कारण कुश्माबाट गएको उद्धार टोली घटना स्थलमा पुग्न सकेका छैनन्। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोली घटना स्थलतर्फ गइसकेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।