दमक– भारतीय कारले स्कुटरलाई ठक्कर दिँदा झापामा दुई जना गम्भीर घाइते भएका छन्।
दमक नगरपालिका ९ मा मंगलबार राति एसके–०१–पि–५६५७ नम्बरको कारले को २७ प १३१४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। ठक्करवाट स्कुटर चालक दमक–९ की ३० वर्षीया रीना राई र पछाडि सवार मोरङ पथरी नगरपालिका–२ का २६ वर्षीय मिलन श्रेष्ठ घाइते भएको छन्। घाइते दुवैको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। उनीहरुको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।
कारका चालक भारतको सिक्किमका जेजे भुजियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।