फलेवास, पर्वत- पर्वतमा खोलाले बगाउँदा मंगलबार साँझ एक जनाको मृत्यु भएको छ।
पर्वतको कुश्मा नगरपालिका–११ स्थित जहरे खोलाले बगाउँदा सोही ठाउँका ६० वर्षीय मनिराम विकको मृत्यु भएको हो। कुश्मा नगरपालिका वडा नं ११ र १४ को बीचमा पर्ने गंगटेमा साँझ ७ बजेको समयमा विकलाई खोलाले बगाएको हो।
खेतमा काम सकेर घर फर्कँदै गर्दा खोला तर्न पसेका विकको शव १०० मिटर तल भेटिएको स्थानीयवासी सुरेन्द्र गौतमले जानकारी दिए। विकले मादकपदार्थ सेवन गरेर खोला तर्न पसेको पाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। खोलाले बगाएको स्थान नजिकै झोलुंगे पुल भए पनि उनी पुल नतरी खोलामा तर्न खोजेका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।