कञ्चनपुर- कृष्णपुर नगरपालिका–५ आमखैया जंगल नजिक दुई वटा यात्रुवाहक भ्यान एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कैलालीको गोदाबरी नगरपालिका–४ का २४ वर्षीया रीना चौधरी र उनको एक वर्षीय छोरा रिदम रहेका छन्। महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको म १ ज २५० नं भ्यान र धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बा १० ज ४९१८ नं को म्याजिक भ्यान एक आपसमा ठोक्किएका थिए।
दुर्घटनामा परी ११ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय, कृष्णपुरका प्रहरी नायब निरीक्षक भरत धामीले बताए। घाइतेको कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।