काठमाडौं- चक्रपथभित्र आजबाट राति ८ देखि बिहान ५ बजेसम्म मात्र टिप्पर सञ्चालन गर्न पाइने भएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको अध्यक्षतामा मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो।
उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन तथा उपत्यकामा हुने बढ्दो दुर्घटना न्यूनीकरण गर्न उक्त निर्णय गरिएको प्रजिअ शर्माले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।