काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले मंगलबार पनि सरकार विरुद्ध प्रदर्शन गरेको छ।
नेवि संघले माथेमा कार्यदलको प्रतिवेदन लागू गरी डा गोविन्द केसीको माग पूरा गर्न सरकारलाई दबाव दिँदै मंगलबार अपराह्न माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्याली निकालेको हो।

सरकारले नागरिकको अधिकार खोसेकाले त्यसको विरुद्ध नेवि संघले विरोध प्रदर्शनलाई निरन्तरता दिएको संघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए। नेवि संघका प्रदर्शनकारीले बानेश्वरको निषेधित घेरा तोड्न खोजेपछि प्रहरीसँग झडप हुँदा १० जनाभन्दा बढी नेता–कार्यकर्ता घाइते भएका छन्।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।