काठमाडौं– होण्डा टू ह्वीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा मनसुन एक्सचेन्ज’ नामक उपहार योजना ल्याएको छ।
यो उपहार योजनाअन्तर्गत प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ७ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस र ४ हजारसम्मको क्यासब्याक पाइने छ। साथै, फ्री चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ।
यो योजना असार ५ गतेदेखि १० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ। योजनामा काठमाडौं उपत्यका भित्रका ग्राहकहरूले मात्रै सहभागिता जनाउन पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।