काठमाडौं– फिल्म ‘मालिका’को पहिलो गीत सार्वजनिक भएको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘हल्का माया’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनीक गीतमा सुरेश अधिकारीको संगीत, नरबहादुर कार्कीको शब्द तथा अन्जु पन्तको स्वर रहेको छ।
रेखा थापाको निर्माण, निर्देशन तथा अभिनय रहेकाे ‘मालिका’को गीतमा लाेक लयमा देश विकास र समृद्धिको भाव व्यक्त गरिएको छ।
रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा रेखा थापाको लाेक शैलीकाे नृत्य देख्न सकिन्छ। कोरस नृत्यमा उनलाई १ सयभन्दा बढीले साथ दिएका छन्।
नेपालको पश्चिम क्षेत्र जाजरकोट दरबार परिसरमा छायांकन गरिएको गीतमा स्थानीय पोशाकको प्रयोग गर्नुका साथै परम्परागत युद्धकलालाई पनि भिडियोमा उतारिएकाे छ।
आउँदो लक्ष्मी पूजामा प्रदर्शन गरिने फिल्म ‘मालिका’मा रेखा थापा र जाजरकोटकी कमला अाेलीको मुख्य भूमिका छ। शिवम अधिकारीले लेखेकाे फिल्ममा रेखा र नर कार्कीको पटकथा रहेको छ।
सार्वजनिक गीतको भिडियो:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।