• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

डा केसीलाई हराएर कसैलाई जितिँदैन

64x64
नेपाल लाइभ सोमबार, असार ३२, २०७५  १५:०६
1140x725

काठमाडौं- डा गोविन्द केसी आफ्नो १५औं पटकको अनशनको १७ दिनमा छन्। उनको स्वास्थ्य अवस्था दिन प्रतिदिन गम्भीर बन्दै गएको छ। उनको स्वास्थ्य अवस्थालाई निरन्तर पछ्याइरहेका डाक्टरहरुले चिन्ता मिश्रित प्रतिक्रिया दिने गरेका छन्। नेपाल लाइभ परिवार उनको स्वास्थ्य सुधारको कामना गर्छ। 

सरकारले ढिलै भए पनि वार्ता टोली गठन गरेर सकारात्मक सन्देश दिन खोजेको छ। जति गम्भीरता समयमै देखाउनुपर्ने हो, त्यो नदेखिए पनि अब उनको स्वास्थ्य अवस्था र मागप्रति गम्भीर हुन ढिला हुनु हुँदैन।

तर, स्वास्थ्य अवस्था झन् बढी कमजोर हुँदै गरेका डा केसी आफ्नो संघर्षको सफलताप्रति उत्तिकै दृढ र विश्वस्त छन्। स्वास्थ्य अवस्था खस्कदै जाँदा उनी एजेण्डामा भने दृढ र बलिया बन्दै गएका छन् । जुम्लाको चिसोमा एक्लै र भोकै सुतिरहेका उनको तापले सिंहदरबारको बरफ कहिले पग्लिने हो, निश्चित छैन।

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा नेतृत्वको उच्चस्तरीय कार्यदलको प्रतिवेदनको मूल मर्म अनुसार चिकित्सा शिक्षा विधेयक ल्याइए विपन्न जनताले पनि सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने आधार तयार हुन्छ भन्ने डा केसीको मागप्रति जनजनको विश्वास छ। यही विश्वासका आधारमा सञ्चार माध्यम, नागरिक समाज लगायत सबैले डा केसीको अनशनका घटनाक्रमलार्इ निरन्तर पछ्याइरहेका छन्। र, जिम्मेबार बन्न सरकारलार्इ दबाब पनि दिइरहेकाछन्। 

डा केसीले जुन प्रक्रियाबाट आफ्ना माग राखिरहेका छन्, त्यो प्रक्रिया गलत भएको र त्यसले संसद्‌लार्इ समेत बन्धक बनाउन खोजेको भन्ने सरकार पक्षको बुझाए छ। तर, सरकारले डा केसीसँग गरेको सहमित र सोही सहमति बमोजिम गठन भएको माथेमा कार्यदलको प्रतिवेदनको हुबहु कार्यान्वयनको प्रश्न हो। आफैंले सहमित गरेर सरकारको अंग बनिसकेको प्रतिवेदन कार्यान्वयन हुने हो भने डा केसीले अनसन बस्नु पर्दैन। 

यदि, सरकारले डा केसीको अनसन तत्काल अन्त्य भएको देख्न चाहन्छ भने, विगतका सहमितको कार्यान्वनय गरे मात्र पुग्छ। संसद्‌मा प्राप्त बहुमतका आधारमा जे गर्न पनि छुट छ भन्ने सरकारको सोच हो भने, त्यो भ्रम मात्र हो। यदि, सरकार बहुमतका बलमा स्वेच्छाचारी बन्दै जाने हो भने सडक नै एकमात्र स्थान रहन्छ जनताका लागि र सत्याग्रह मार्फत त्यही सडक रोज्न डा केसी बाध्य भएका छन्।

लोकतन्त्रमा यदि कोही एकजनाले मात्र आवाज उठाउँछ भने त्यो आवाज सुन्नु सरकारको दायित्व हो। मसँग बहुमत छँदैछ कोही कराएर के हुन्छ र? भन्ने दम्भ पाल्न लोकतान्त्रिक सरकारलार्इ सुहाउने विषय होइन। शान्तिपूर्ण राजनीतिमा विश्वास गर्ने जुनसुकै दल र नेताले सत्याग्रहको शक्तिलाई विश्वास गर्नैपर्छ।

देश नै प्रभावित भइरहेको डा केसीको अनसन र यसक्रममा राखिएका मागमा सरकारलाई मन नपर्ने कुरा धेरै हुन सक्छन्। तर, मन नपर्ने कुरा पनि सुन्ने विनम्रता सरकारले प्रकट गर्नैपर्छ। किनकि सरकार जति शक्तिशाली बन्दै जान्छ, त्यति कम बल प्रयोग गरे मात्र त्यसले लोकतन्त्रको मर्मलाई बचाइराख्छ। दम्भपूर्ण र प्रतिशोधयुक्त भाषा सरकारका निम्ति बाञ्छनीय हुँदैन। सरकारले बुझ्नुपर्छ, डा केसीलाई हराएर कसैलाई जितिँदैन।

Ncell 2
Ncell 2
nimb
nimb

डा केसीको सत्याग्रह स्वास्थ्य शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवासँग मात्रै जोडिएको सवाल होइन। राज्यले कसका कुरा सुन्छ भन्ने सवाल पनि हो। राज्य कसको नाम भजाएर कसलाई अँगालिरहेको छ भन्ने सवाल पनि हो।

स्पष्ट छ, केही करोड रुपैयाँको खेलोफड्को र केहीको ज्यान जाने कुरा स्वभाविक लाग्नेहरुसँग जनताको मतको बार्गेनिङ बढ्दै गएको अवस्थामा हामी आइपुगेका छौं। 'नुनको सोझो' र 'संगत गुनाको फल' जस्ता उखान राजनीतिमा सफलतापूर्वक प्रयोग भइरहेको छ। डा केसीसँगको विगतका अनसनका क्रममा भएका सहमतिहरु यस्तै उखानको व्यावहारिक प्रयोगको कोपभाजनमा पर्दै गएको यथार्थ हामीसँग छ। मार्सी चामलको भात त्यसै बिम्ब बनेको होइन।

जनताको आवश्यकता र चाहनाको वैधता नपाएको कुनै पनि बाटो शासकले हिँड्न पाउने छैन। अहिलेको सरकार र ऊसँग जोडिएका राजनीतिक खेलाडीहरुले बुझ्न नसकेको यथार्थ कुरै यही हो। चुनाव भनेको सडक जस्तै हो, सडक फराकिलो बन्यो भन्दैमा कसैले उल्टो गतिमा गाडी कुदाउन मिल्दैन। अहिलेको सरकार उल्टो गतिमा गाडी कुदाउन खोजिरहेको छ।

अहिले सत्तापक्षीय सांसद वा नेताहरुले डा केसीमाथि अनेक आरोप लगाइरहेका छन्। तर, प्रश्न विहीन बन्दै गएका दलका कार्यकर्तालाई डा केसीले उठाएका माग संविधानको परिकल्पना, नेताहरुका विगतका संघर्षका महान् लक्ष्य र दलको विधान वा चुनावी घोषणापत्रभन्दा के कति कारणले फरक छ भन्ने प्रश्न सोध्नुपर्ने भएको छ। समाजवादी लक्ष्यमा डा केसीको जितले अवरोध गर्छ कि सहयोग गर्छ, गम्भीर भएर सोच्न जरुरी छ।

डा केसीलाई अमुक दल निकट देखाउने प्रयासको विपरीत आफ्नो दललाई चुनावमा आएको बहुमतको अर्थ के हो, संसद्‌मा पाएको दुई तिहाइको समर्थनको दायित्व के हो केलाउन आवश्यक छ।
डा केसीजस्ता व्यक्ति, जो भुइँमान्छेको सरोकारलाई लिएर सत्याग्रहमा छन्, उनलाई जितेर देखाउँछु भनेर राज्यले हठ लिनुको साटो उनका माग पूरा गरेर भुइँमान्छेको मन जित्न जरुरी छ। केही थान स्वार्थ समूहको मन जित्नुको साटो शिक्षा, स्वास्थ्य, रोजगारजस्ता आधारभूत कुरा नै आकाशको फल भइरहेका जनताको मन जित्न सकेमा नै सरकारले दिएको 'स्थिर राजनीति, स्थिर सरकार, सुखी नेपाली र सम्वृद्ध नेपाल'को नारा चरितार्थ हुन सक्छ।

डा केसीको सत्याग्रह सरकार वा सरकारमा रहेका दलको विपक्षमा र प्रतिपक्ष वा सडकमा रहेका दलको पक्षमा नै होइन। यो स्वास्थ्य शिक्षा र सेवा क्षेत्रमा रहेका विकृति र विसंगति विरुद्धको लडाइँ हो। सबै दलहरु सत्तामा रहँदा यो लडाइँ लडिसकेका डा केसी अहिले पनि एजेन्डाकै पक्षमा भोकभोकै लडिरहेका छन्। जनताको पक्षमा, मात्र जनताको पक्षमा।

प्रकाशित मिति: सोमबार, असार ३२, २०७५  १५:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालबाट बिदा हुँदै भारतीय राजदूत श्रीवास्तव, सभामुखसँग गरे भेटवार्ता
पार्टी पुनर्गठन कुनै रहरमा नहुने भन्दै केन्द्रीय कमिटी बैठकमा ल्या छुट्टै प्रतिवेदन
नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
नेपालबाट बिदा हुँदै भारतीय राजदूत श्रीवास्तव, सभामुखसँग गरे भेटवार्ता सोमबार, असोज ५, २०८३
पार्टी पुनर्गठन कुनै रहरमा नहुने भन्दै केन्द्रीय कमिटी बैठकमा ल्या छुट्टै प्रतिवेदन सोमबार, असोज ५, २०८३
नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल सोमबार, असोज ५, २०८३
‘बाढीपहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि एक सय अर्ब बजेट आवश्यक’ सोमबार, असोज ५, २०८३
पद छोड्न ओलीमाथि बढ्यो दबाब, मार्गप्रशस्त गर्न इश्वर पोखरेलले लेखे पत्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्