काठमाडौं- भारतको नयाँ दिल्लीमा कोरोना भाइरसबाट संक्रमितको संख्या ८२ प्रतिशतले वृद्धि भएको छ।
सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार अघिल्लो दिनको तुलनामा बुधबार ८२ प्रतिशतले वृद्धि भएको हो।
देशको सङ्घीय राजधानी नयाँ दिल्लीमा एकाएक संक्रमितको संख्यामा वृद्धि भएको विवरण सार्वजनिक भएपछि धेरैको ध्यान खिचिएको छ।
स्वास्थ्य अधिकारीका अनुसार पछिल्लो एक दिनमा एक हजार ११८ जना सङ्क्रमित थपिएका छन्। जवकी अघिल्लो दिन ६१४ जना मात्रै संक्रमित भएका थिए।
उनीहरुले पछिल्लो एक दिनमा ५०० संक्रमित संक्रमणमुक्त भएका छन्। भारतमा अहिले देशभरी सक्रिय संक्रमितको संख्या ५० हजार ५४८ रहेका छन्। भारतमा अहिले फेरि दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।