• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

पाकिस्तानका गाउँमा लोकतन्त्रको डरलाग्दो रुप

64x64
नेपाल लाइभ मंगलबार, साउन १, २०७५  ०४:४२
1140x725

हरेक दुई सातामा एकपटक मैले विश्वविद्यालयमा उर्दू साहित्य पढाउने गरेको लाहोरबाट पन्जाब प्रान्तमा रहेको मेरो गाउँ ओकाराको यात्रा गर्छु। सहरका संवादहरु, राजनीतिक बहसहरु र पूर्वाधारहरु ३ घन्टाको यात्रापछि पुगिने गाउँमा हराउँछन्। 

म यहीँ हुर्केको हुँ, जहाँ मेरा मातापिता अझै बस्नुहुन्छ। मेरो गाउँ र यस्तै चरम गरिबीमा रहेका अरु हजारौं गाउँका हजारौं पाकिस्तानीहरु कि त कृषि पेशाको भरमा जेनतेन गुजारा गरिरहेका छन् या त मजदुरीमा आश्रित छन्। 

यो अर्को पाकिस्तान हो, जहाँ गैरसरकारी संस्थाहरुले कार्यालय राख्दैनन्। किनकि यहाँ वातानुकुलित बैठक कक्षहरु छैनन्। चुस्त अस्पतालहरु चलेका छैनन्। मध्यम र माथिल्लो मध्यम वर्गीय परिवारका डाक्टरहरु यहाँ काम गर्न आउन रुचाउँदैनन्। पिउनका लागि सफा पानी छैन। स्वास्थ्य र सरसफाई अभियन्ताहरु कहिल्यै आइपुग्दैनन्। र, ज्यादै थोरै विद्यालयहरु छन्, जो आफैं पनि गुणस्तरीय शिक्षामाथि खासै सरोकार राख्दैनन् किनकि हामीमध्ये धेरैलाई हाम्रो खेतबारी र मजदुरीको कामबाट फुर्सद हुँदैन।

हाम्रा गाउँहरु र साना सहरहरुमा राजनीतिक नेताहरु पनि छैनन्, छन् त दलाल र ठगहरु मात्रै। जसले संघीय राजनीतिज्ञहरु र उनीहरुका सैन्य संस्थापनलाई हाम्रो भोट बेच्छन्। यहाँ लोकतन्त्रको काम एउटै मात्र छ, यहाँका सामन्तीहरुको शक्ति जोगाइराख्नु अनि उनीहरु र उनीहरुका परिवारलाई पोस्नु।

दुर्गम पाकिस्तानका जनतासँग राजनीतिक दलहरुका सिध्दान्त र अभियानहरुको वजन नाप्ने सुविधा र फुर्सद दुवै छैन। आफूप्रति कसैले देखाउने मुस्कान वा सामन्तीहरुको तिरस्कारका आधारमा उनीहरुले कसलाई भोट दिने भन्ने निर्धारण हुन्छ। तीनै सामन्तीहरुले शक्ति सन्तुलन मिलाउन कसलाई रुचाउँछन् भन्नेमा दशौं हजार भोट कसलाई जान्छ भन्ने निर्भर हुन्छ।

टेलिभिजनका पत्रकार, अखबारका स्तम्भकार वा सहरका प्रभावशाली मानिसका लागि पाकिस्तानका यी गाउँहरुमा लोकतन्त्रको अभ्यास दृश्यमै आउँदैनन्, जसले एक कप कफीका लागि लाहोर, कराँची र इस्लामावादमा अमेरिकी मूल्य तिर्छन्। 

आगामी २ हप्तामा हामी राष्ट्रिय निर्वाचनमा भोट हाल्नेछौं। चुनावी अभियानले मलाई २०१३ को चुनाव सम्झाउँछ। यहाँ एउटा विद्यालय छ, जहाँ छिमेकी गाउँदेखिका करिब १ हजार केटाकेटी पढ्छन्। मैले पनि यही विद्यालयमा पढेको हुँ।

विद्यालयसम्मको बाटो धूलाम्य र खाल्डाखुल्डीयुक्त छ। हरेक पटक पानी परेको बेला डुंगा खोजूँझैं हुन्छ। बच्चाहरु हिलोको नदी पार गरेर विद्यालय पुग्छन्। बाटो राम्रो बनाउन नसकिने होइन, तर मेरो नजिकका आफन्तहरुले स्थानीय राजनीतिमा 'प्रभावशाली' मानिनेहरुले भनेको नमानी चुनावमा अरुलाई नै भोट हालेका कारण यो बाटोको स्तरोन्नति गर्न दिइएन। 

Ncell 2
Ncell 2
nimb
nimb

मैले दूर शिक्षाबाट मेरो उच्च शिक्षा पूरा गरें र करिब १५ वर्षसम्म डकर्मी काम र अरु टुक्रेमुक्रे काम गरें। सिमेन्ट र गिटी घोल्ने कामसँगै मैले अध्ययन जारी राखें र छोटा कथा र कविताहरु लेखिरहें। कालान्तरमा मलाई २०१० मा इस्लामावादको एउटा साहित्यिक संस्थाले नियुक्ति दियो र मेरो पहिलो कविता संग्रह पनि प्रकाशन गरिदियो। 

प्रकाशित लेखकका रुपमा इस्लामावादमा मेरो नयाँ जीवनले नयाँ मानिसहरुसँग भेट गरायो। मैले चिनेका एकजना भर्खरका सरकारी अधिकारी मेरै जिल्लाका प्रमुख थिए। मैले तिनीसँग मेरो गाउँको विद्यालय जाने जीर्ण सडकबारे कुरा गरें र त्यसलाई ठिक पार्न सहयोग मागें। उनले गाउँ घुमेर हेरे र नयाँ कालोपत्रे सडक बनाउन निर्देशन पनि दिए। महिनौं बित्यो तर केही काम भएन। 
म ती मेरा मित्रसँग फेरि भेट्न गएँ। तर, उनी आफैं निरीह थिए। मेरो गाउँका ति 'प्रभावशाली' चौधरी साहेबले पन्जाबका मुख्यमन्त्रीसँग कुरा गरेर आफ्नो अनुमतिबिना त्यो बाटो बन्न/नबनाउन आदेश दिन लगाएछन्। बच्चाहरु अझै पनि हिलाम्य सडकमा लड्दैपड्दै विद्यालय जान्छन्।

केही दिनअघि गाउँबाट बुवाको फोन आयो। चौधरी साहेब एकदिन हाम्रो घर अगाडि आएछन् र बुवासँग हात जोडेर परिवारको भोट मागेछन्। बुवाले 'हामी के गरौं?' भनेर मलाई सोध्नुभयो। मलाई थाहा छ, ती ठूलाबडाहरुले भनेजस्तै गरी उनीहरुलाई हामीले भोट नदिएसम्म हामीलाई तिनले सजिलो गरी बाँच्न दिने छैनन्। कुनै पनि राजनीतिक विचार वा नाराले बुवालाई सघाउने उपाय मलाई सुझेन। 'बुवा, जे ठिक लाग्छ त्यही गर्नुहोस्' बाहेक मैले केही भन्न सकिनँ। 

मेरा छिमेकी गाउँका जान मोहम्मद नाम गरेका एकजना शिक्षकलाई म चिन्थें। केही वर्षअघि उनको मृत्यु भयो। उनले हाम्रा गाउँमा लोकतन्त्रले कसरी काम गर्छ भन्ने अर्को ठूलो पाठ सिकाए। एकदिन उनको गाउँका चौधरी साहेबकी आमाको मृत्यु भयो। संयोगले जान मोहम्मद त्योबेला बिरामी थिए र मलामी जान सकेनन्। चौधरी साहेबले 'अपमानित' महसुस गरेछन्। बदलामा चौधरी साहेबले केही फोन कलको भरमा जान मोहम्मदलाई टाढाको गाउँको विद्यालयमा सरुवा गराइदिएछन्। 

केही महिनापछि २०१३ को चुनाव आयो। जान मोहम्मदलाई लाग्यो कि अब न्याय पाइन्छ। उनले चुनावमा चौधरी साहेबको विपक्षी पार्टीलाई सघाए तर दुर्भाग्य, जित चौधरी साहेबकै पार्टीको भयो। त्यसपछि त झन् चौधरी साहेबले स्थानीय सरकारलाई जान मोहम्मदको तलब ३ वर्षसम्म रोक्न लगाए। गाउँलेहरुले उनका लागि चौधरीसँग कुरा पनि गरे, क्षमा गर्न अनुनय-विनय गरे। तर, चौधरी मानेनन्। चौधरीको भनाइ थियो, 'यदि मैले उसलाई माफ गरें भने अरुले विरोध गर्छन्। यो अरुका लागि पनि पाठ बनोस्।' निराशा र गरिबीको चपेटामा परेका जान मोहम्मद नराम्रोसँग बिरामी परे र कहिल्यै निको नभई बिते। चौधरी साहेबको 'दयालु' मन, जान मोहम्मदको दुखद अन्त्येष्टिमा भने उनी पुगेछन्।

१० वर्षअघि म स्थानीय दुग्ध कम्पनीका लागि गाउँहरुबाट दूध खरिद गर्ने काम गर्थें। २००८ को आम निर्वाचन ताका म भारतीय सीमा नजिकको सिध्दार भन्ने गाउँमा थिएँ, जहाँ म दूध लिन पुगेको थिएँ। त्यहाँ मैले सरदार साहेब भनिने गाउँका मुखियालाई चिन्ने मौका पाएको थिएँ। उनको ठूलो गाई फार्म थियो र उनी पनि विधायकका लागि चुनाव लड्दै थिए।

सरदार साहेब आफ्नो घरको आँगनमा ठूलो कुर्सीमा बसेर आफ्ना सहयोगीहरुसँग कुरा गर्थे। उनले आफ्नो घरमा दुईवटा ठूलठूला ब्वाँसो पालेका थिए, जसलाई उनी आँगनको कुनामा बाँध्थे। एक दिन म सरदार साहेबको घरमा थिएँ। त्यहीबेला उनका सहयोगीले दुईजना गाउँलेलाई उनीसामु हाजिर गराए। सरदार साहेबले केहीबेर उनीहरुलाई हेरे र भने, 'मैले सुनें कि तिमीहरु मेरो विरुध्दमा भोट हाल्दैछौ।' गाउँले चुप थिए। 

'तिमीहरुले यी ब्वाँसो देखेका छौ नि होइन?' सरदार साहेब कराए, 'फुकाइदिउँ?' गाउँलेहरुको सातो गयो, अनुहारको रङ उड्यो। उनीहरुले क्षमा मागे र सरदार साहेबलाई नै भोट हाल्ने वाचा गरे।

उनीहरु त्यहाँबाट हिँडेपछि मैले सरदार साहेबलाई गाउँलेले नमानेका भए उनीहरुमाथि साँच्चै ब्वाँसो लगाइदिनुहुन्थ्यो कि भनेर सोधें। जवाफमा सरदार साहेबले हाँस्दै भने, 'जरुर लगाइदिन्थें। तर मार्नेगरी त छोड्ने थिइनँ।'

म छक्क परें र विमति राखें। तर उनले भने, 'नातिक साहेब, तिमी राजनीति बुझ्दैनौ। म दशौं वर्षदेखि चुनाव लडिरहेको छु र जितिरहेको छु। यी ब्वाँसाहरु कामका छन्, तर मैले यिनीहरुको प्रयोग एकपटक मात्रै गरेको छु। गाउँलेमा रहेको डरले नै मेरो भोट सुरक्षित गर्छ।' 

पाकिस्तानका गाउँका सबैभन्दा ठूला सामन्ती र जमिन्दारहरु भनेको सेना हुन्। उनीहरुको स्वामित्वमा रहेको जमिनमा दशौं हजार किसान अँधियामा खेती गर्छन् र सेनाले जसरी चाहन्छ त्यसैगरी किसानले भोट हाल्छन्।

ओकारा जिल्लाको प्रमुख कृषियोग्य जमिनमध्ये १७ हजार एकड जमिन सेनाले ओगटेको छ। ओकाराको सैनिक फार्महरुले करिब १ लाख ५० हजार गाउँलेको जीविका चलेको छ, जसमध्ये अधिकांस अँधियामा काम गर्छन्।

ओकारामा भूमिको अधिकार माग गरिरहेका कृषकहरुको समूहका एकजना नेता मेहर अब्दुस सत्तर मेरा साथी हुन्। २०१५ को अन्त्यतिर एक विधायक सदस्यले शैक्षिक प्रमाणपत्र नक्कली बनाएको प्रमाणित भएपछि उनको विधायक सदस्यता खारेज भयो। रिक्त पदका लागि उपनिर्वाचन भयो। मेहरले उम्मेदवारी दिने निर्णय गरे र किसानहरुको व्यापक समर्थन पनि पाए। मतदान सकिएपछि सेनाले मतपेटिका जफत गरे र त्यसको केही समयमै मेहर पराजित भएको परिणाम घोषणा भयो।

प्रहरीले मेहरविरुध्द ३० वटाभन्दा बढी अपराधका मुद्दा दर्ता गर्योे। २०१६ को अप्रिलमा उनी पक्राउ परे र २ वर्ष २ महिनापछि हिरासतमुक्त भए। ओकारामा अर्को चुनावमा उनको प्रभाव हुन नदिन उनलाई फेरि पक्राउ गरियो।

पाकिस्तानका गाउँहरुमा लोकतन्त्र डरलाग्दो व्यवसाय बनेको छ। निर्वाचनहरुले संघीय र राज्य सरकारहरु परिवर्तन गर्छन्, तर गाउँका सामन्ती शक्ति संरचनाहरु फेरिँदैनन्। नयाँ शासकहरुलाई ठूला सामन्तीहरुले आफ्नो प्रभावमा राख्छन् र गरिब गाउँलेमाथि अत्याचार गरिरहन्छन्।

(अलि अकबर नातिक पाकिस्तानी कवि तथा उपन्यासकार हुन्। न्युयोर्क टाइम्समा प्रकाशित अंग्रेजी अनुवादको नेपाली रुपान्तरण)

प्रकाशित मिति: मंगलबार, साउन १, २०७५  ०४:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्राविधिक शिक्षा सुधार्न नीति र कानुनमै सुधार गर्ने शिक्षामन्त्रीको घोषणा
आगलागीपछि फेरि खुल्यो टंगालको भाटभटेनी, गुरुङले भने– ‘ज्यानको बाजी राखेर उठाएँ’
प्रधानमन्त्री बालेनसँग कांग्रेस नेताहरुको भेट, के भयो कुराकानी?
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
प्राविधिक शिक्षा सुधार्न नीति र कानुनमै सुधार गर्ने शिक्षामन्त्रीको घोषणा सोमबार, असोज ५, २०८३
आगलागीपछि फेरि खुल्यो टंगालको भाटभटेनी, गुरुङले भने– ‘ज्यानको बाजी राखेर उठाएँ’ सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेनसँग कांग्रेस नेताहरुको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
प्रसुति हिंसा न्यूनीकरणका लागि कानुन निर्माणमाको माग सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्