काठमाडौं– अमेरिकामा कोरोना संक्रमण बढ्दै गएको छ। सोमबार एकैदिन ४७ हजार ११५ संक्रमित थपिएका छन्।
वर्ल्डोमिटरका अनुसार सोही समयमा कोरोना संक्रमणबाट अमेरिकामा ११० जनाको मृत्यु भएको छ। आइतबार अमेरिकामा ४५ हजार ६६० संक्रमित थपिएका थिए। त्यसको अघिल्लो दिन भने ६३ हजार ५८७ संक्रमित थपिएका थिए।
गत २४ घण्टामा ब्राजिलमा ४० हजार १७३, जर्मनीमा ३८ हजार ६६४ र भारतमा ३ हजार २३७ संक्रमित थपिएका छन्। भारतमा पछिल्लो २४ घण्टामा मृत्यु संख्या भने शून्य रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।