काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरिएको २ हजार ८६ पिसिआर परीक्षणका क्रममा ९ जना र १ हजार १ सय २५ एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सो समयमा १३ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १०२ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।