• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

दुई वर्षअघिको पीडा भुलाउँदै जागेको फ्रेन्च टिम, विश्वकपभर यस्तो रह्यो अपराजित यात्रा

64x64
नेपाल लाइभ सोमबार, असार ३२, २०७५  ०७:३२
1140x725

काठमाडौं- रोमाञ्चक, नाटकीय र स्तब्धपूर्ण सबै प्रकारका फुटबल अनुभूति गराउँदै अन्तत: २१औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिता सकिएको छ। रसियामा चलेको प्रतियोगितामा महारथि ठानिएका टिमले समूह चरणमै दबाब झेले भने 'अन्डरडग' क्रोएसियाले फाइनलसम्मको यात्रा तय गर्दै फुटबलमा आफ्नो लगाव र प्रतिभा विश्व मञ्चमा देखायो। 

शनिबार भएको फाइनल खेल सबैभन्दा रोमाञ्चक बन्यो। ६ गोल भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलले हराएर दोस्रो पटक विश्वकपको ट्रफी उचाल्यो। खेलमा पहिलो गोल आत्मघाती भए भने दोस्रो गोल पेनाल्टीमा भयो। बाँकी ३ गोल लोभलाग्दा थिए।

दोस्रो पटक विश्वविजेता बन्ने क्रममा फ्रान्सले २ वर्ष निरन्तर मेहनत गरेको थियो। सन् २०१६ मा घरेलु मैदानमा आयोजना भएको युरोकपमा फ्रान्सले सहजै फाइनलमा स्थान बनाएको थियो। धेरैले फ्रान्सले सजिलै युरोकपको ट्रफी उचाल्ने विश्लेषण गरे। तर फाइनल सोचेको जस्तो भएन, घरेलु टिमलाई स्तब्ध पार्दै पोर्चुगलले पहिलो पटक युरोकपको ट्रफी उचाल्यो। 

त्यहीबेलादेखि नै हो प्रशिक्षक डिडियर डेस्चाम्सले लक्ष्य बनाएको, विश्वकपमा अब्बल प्रदर्शन गर्ने। फ्रान्सका मिडफिल्डर पाउल पोग्बाका अनुसार २ वर्षअघि फ्रान्सले घरेलु मैदानमा युरोकपको फाइनल हारेको दिन अहिलेसम्मकै कठिन दिन थियो। त्यसलाई भुल्न फ्रान्सले २ वर्ष निरन्तर प्रयास गरेको थियो। 

२०१८ को समूह चरणमा फ्रान्सले सोचेको जस्तो प्रदर्शन गर्न सकेन। टिममा स्टार खेलाडीको जमघट भए पनि सुरुवातमै तालमेल मिल्न नसक्दा प्रशिक्षकमाथि दबाब थपिएको थियो। त्यसैले प्रशिक्षक डेस्चाम्सले खेलाडीलाई निरन्तर उत्प्रेरणा दिइरहे। जसले गर्दा फ्रान्सले अन्तिम १६ देखि उत्कृष्ट खेल्दै विश्वकपको दाबेदारी प्रस्तुत गर्यो। अन्तिम १६ मा अर्जेन्टिना, क्वार्टरफाइलनमा उरुग्वे र सेमिफाइनलमा बेल्जियमलाई पराजित गर्दै फाइनल यात्रा तय गर्यो। 

फाइनल पुग्दा पनि फ्रान्स उत्साहित थिएन। मिडफिल्डर पाउल पोग्बाले फाइनल पुगेर धेरै खुसी हुनु नपर्ने बताएका थिए। उनले फ्रान्सको एक मात्र लक्ष्य उपाधि भएकाले फाइनलपछि मात्र खुसी मनाउने बताएका थिए। किनकि उनले २ वर्षअघिको फाइनलपछि धेरै पीडा खेपेका थिए। उनका अनुसार फ्रेन्च टिमले पोर्चुगललाई हराएर सहजै युरोकप जित्ने अनुमान गरेको थियो। 

यसपटक गोलकिपर कप्तान हुगो लोरिसले टिमलाई पछाडिबाट सधैं भर दिने काम गरे। विश्वका उत्कृष्ट डिफेन्डर राफायल भारन र स्यामुयल उम्टिटीको जोडी राम्रै जम्यो। दुवैले निर्णायक गोल पनि गर्न सफल भए। 

मिडफिल्डमा एनगोलो कान्टे र पाउल पोग्बाले चाहिएको बेला पास मात्र निकालेनन् विपक्षीको प्रहार पनि रोके। एन्टोनी ग्रिजम्यानले फेरि एकपटक विश्वस्तरीय प्रदर्शन गरे। उनले विश्वकपमा ४ गोल गर्दा फ्रान्सले च्याम्पियनको इतिहास लेखाए। 

Ncell 2
Ncell 2
nimb
nimb

युवा फरवार्ड केलियन एमबाप्पेको प्रदर्शन पनि गजब थियो। तीव्र गतिमा बल कुदाउने एमबाप्पेले पनि ४ गोल गरेर महान् फुटबलर पेलेसँगको कीर्तिमान बराबरी गरे। 

विश्वकपमा फ्रान्स ९ मिनेट मात्र खेलमा पछाडि पर्यो। यो रक्षापंक्ति र अग्रपंक्तिको उत्कृष्ट प्रदर्शनले सम्भव भएको थियो। 

'विश्वकपले कुनै एक खेलाडीको क्षमतालाई सम्मान गर्दैन, टिम भावनालाई मान्छ,' बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले फ्रान्ससँग सेमिफाइनलमा पराजित भएपछि भनेका थिए। यही टिम भावना फ्रान्सले प्रस्तुत गर्यो।

फुटबलमा खेलाडीको क्षमता भएर मात्र पुग्दैन टिममा रहेका प्रत्येक खेलाडीले आफ्नो स्थानमा निर्णायक योगदान दिन सक्नुपर्छ। चाहिएको बेला जुन खेलाडीले पनि गोल गर्न सक्नुपर्छ। जसको उदाहरण फ्रेन्च टिम बन्यो। फ्रान्सका फरवार्ड, मिडफिल्डर र डिफेन्डरले गोल गरे भने फरवार्डले पनि गोल बचाएका छन्। 

नयाँ स्टारको जन्म 
फ्रान्सका युवा फरवार्ड केलियन एमबाप्पेले फाइनल गोल गर्दा ब्राजिलका महान् फुटबल पेलेको कीर्तिमानसँग बराबरी गरे। उनले विश्वकपमा ४ गोल गर्दै युवा खेलाडीको अवार्ड समेत जिते। यसअघि उनले अर्जेन्टिनाविरुद्धको अन्तिम १६ को खेलमा २ गोल गरेका थिए। 

फ्रान्सले सन् १९९८ मा पहिलो पटक विश्वकप उपाधि उचाल्दा एमबाप्पे जन्मिएका थिएनन्। हाल फ्रेन्च टिममा उनी त्यस्ता एक्ला खेलाडी हुन्, जो फ्रान्सले पहिलो पटक विश्वकप जितेपछि जन्मिएका थिए। 

२० डिसेम्बर १९९८ मा जन्मिएका एमबाप्पेले गत सिजन व्यावसायिक फड्को मारेका थिए। मोनाकोलाई फ्रेन्च लिग वानको च्याम्पियन बनाएपछि उनले अर्को फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा कीर्तिमानी रकममा आबद्ध हुने सम्झौता गरेका थिए। हाल भने लोनमा पिएसजीमा आबद्ध छन्। 

यो सिजन सुरु भएपछि उनी १ सय ८० मिलियन युरो (२३ अर्ब नेपाली रुपैयाँ) मा पिएसजीमा जाने सम्झौता भइसकेको छ। योसँगै उनी विश्वककै दोस्रो महँगा फुटबलर भएका छन्। सर्वाधिक महँगा खेलाडी भने ब्राजिलका नेइमार हुन्। उनी २ सय मिलियन युरोमा पिएसजीमै आबद्ध भएका थिए। 

सिजनमा नेइमारसँगै लिग खेल्दा एमबाप्पेले २७ खेलमा १३ गोल गरे। 

युवा अवस्थामै युरोपियन लिगमा तहल्का मच्चाएका एमबाप्पेको तीव्र गतिमा बल अघि बढाउने शैली गजबको छ। उत्कृष्ट कौशल, तेज दिमाग, दुवै खुट्टा समान गतिमा चलाउन सक्ने, शान्त तर बहादुर, क्षमतामा आत्मविश्वास उनका गुण हुन्।

सन् २०१६–१७ को सिजन मोनाकोबाट उत्कृष्ट प्रदर्शन गरेपछि एमबाप्पेको चर्चा चुलिएको थियो। उनले मोनाकोलाई फ्रेन्च लिग जिताउन उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ४४ खेलमा २६ गोल गरेका थिए। त्यो सिजन मोनाकोले घरेलु लिगमा मात्र होइन, युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। 

त्यसपछि सर्वत्र उनको चर्चा हुन थाल्यो। राष्ट्रिय टिममा सजिलै ठाउँ पाए। पेरिसमा जन्मिएका एमबाप्पेले गत वर्ष राष्ट्रिय टिममा डेब्यू गरेका थिए। 

विश्वकपमा ४ गोल गरेर युवा खेलाडीको ट्रफीको अवार्ड हात पारेसँगै एमबाप्पेले २०औं शताब्दीका महान् फुटबलर पेलेको कीर्तिमानसँग बराबरी गरेका छन्। उनले 'टिनएज'मा विश्वकपमा २ गोल गर्ने पेलेको कीर्तिमानसँग बराबरी गरेका हुन्। सन् १९५८ को विश्वकपमा १७ वर्षीय पेलेले स्विडेन विरुद्धको फाइनलमा २ गोल गरेका थिए। उनकै गोलबाट ब्राजिलले पहिलो पटक विश्वकपको उपाधि जितेको थियो।

६० वर्षपछि पेलेको कीर्तिमानसँग बराबरी गरेका एमबाप्पेलाई '२१औं शताब्दीका पेले' समेत भन्न थालिएको छ।  

फ्रान्सको विश्वकप यात्रा 
समूह चरण 
फ्रान्स २–१ अस्ट्रेलिया 
फ्रान्स १–० पेरु 
फ्रान्स ०–० डेनमार्क

अन्तिम १६ 
फ्रान्स ४–३ अर्जेन्टिना 

क्वार्टरफाइनल 
फ्रान्स २–० उरुग्वे 

सेमिफाइनल
फ्रान्स १–० बेल्जियम

फाइनल
फ्रान्स ४–२ क्रोएसिया 

प्रकाशित मिति: सोमबार, असार ३२, २०७५  ०७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एलपीजी ग्यास अभावको कारण पहिचान गर्न फिसबोन डायग्राम प्रयोगमा, छिट्टै समाधान हुने मन्त्री साहको दाबी
चीनद्वारा बाढी प्रभावित बालबालिकाका लागि एक करोड १० लाख सहयोग
नेपालबाट बिदा हुँदै भारतीय राजदूत श्रीवास्तव, सभामुखसँग गरे भेटवार्ता
सम्बन्धित सामग्री
एलपीजी ग्यास अभावको कारण पहिचान गर्न फिसबोन डायग्राम प्रयोगमा, छिट्टै समाधान हुने मन्त्री साहको दाबी सोमबार प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री साहले ग्यास अभावको मूल कारण पहिचान गर्न मन्त्रालयले प्राविधिक विश्लेष... सोमबार, असोज ५, २०८३
नेपालबाट बिदा हुँदै भारतीय राजदूत श्रीवास्तव, सभामुखसँग गरे भेटवार्ता भेटका क्रममा सभामुख अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत श्रीवास्तवलाई बधाई तथा शुभकामना दिएका थिए। सोमबार, असोज ५, २०८३
नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल दुईदिने बैठकमा दुवै देशले बजार पहुँच विस्तार, भन्सार सहजीकरण, रेल तथा सडक कनेक्टिभिटी र सीमा पूर्वाधार सुधारका विषयमा विस्तृत छलफल ग... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
एलपीजी ग्यास अभावको कारण पहिचान गर्न फिसबोन डायग्राम प्रयोगमा, छिट्टै समाधान हुने मन्त्री साहको दाबी सोमबार, असोज ५, २०८३
चीनद्वारा बाढी प्रभावित बालबालिकाका लागि एक करोड १० लाख सहयोग सोमबार, असोज ५, २०८३
नेपालबाट बिदा हुँदै भारतीय राजदूत श्रीवास्तव, सभामुखसँग गरे भेटवार्ता सोमबार, असोज ५, २०८३
पार्टी पुनर्गठन कुनै रहरमा नहुने भन्दै केन्द्रीय कमिटी बैठकमा ल्या छुट्टै प्रतिवेदन सोमबार, असोज ५, २०८३
नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्