काठमाडौं– नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले यस वर्षको ‘नाडा अटो शो’ भदौमा आयोजना गर्ने जानकारी दिएको छ।
यसअघि २ वर्षसम्म कोभिड १९ को संक्रमणको कारण गर्न नसकिएको अटो शो यो वर्ष भदौ ७ गतेदेखि हुन लागेको हो। नाडाले भदौ ७ गतेदेखि १२ गतेसम्म गरी पाँच दिन अटो शो भृकुटीमण्डपमा आयोजना गर्न लागेको हो।
सवारी साधनका विभिन्न मोडल, स्पेयर पार्टस् सहितको अटो शोको १५ औं संस्करणका लागि जेठ २६ देखि ३० गतेसम्म स्टल बुकिङ रजिस्ट्रेशन खुलाइने जानकारी दिएको छ।
प्रदर्शनीमा २ पाङग्रे, ४ पाङग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स् तथा ग्यारेज उपकरणहरुलाई समुहअनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिस्ट्रेशन गर्न मिल्ने नाडाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।