काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १३ जनामा कोरोनाभाइरस संक्रमण भएको छ। २ हजार ६३४ नमूना परीक्षण गर्दा सो संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार ९ जना संक्रमणमुक्त भएका छन्।
यससँगै देशभर सक्रिय संक्रमितको संख्या ११० पुगेको छ। मन्त्रालयका अनुसार थप ११ हजार ९७३ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।