जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाको कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा नेपाली कांग्रेसबाट ६ र नेकपा एमालेका २ उम्मेदवार निर्वाचित भएका छन्।
कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा कांग्रेसबाट राकेशविक्रम साह तथा एमालेबाट सन्तोषकुमार महतो र दीपेन्द्रकुमार साह निर्वाचित भएका छन्।
यस्तै, महिला सदस्यमा कांग्रेसका फूलकुमारी देवी, मनिषाकुमारी देवी, सारदा पन्त, शैलकुमारी चौधरी र संजू देवी निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नगरपालिकामा निर्वाचित भएका महिला सदस्यमध्ये ५ महिला र बाहिरबाट ३ गरी ८ जनालाई कार्यपालिका सदस्यमा राख्ने प्रावधान रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।