एजेन्सी– २०१८ फिफा विश्वकपको फाइनल खेल आइतबार राति पौने ९ बजे हुँदैछ। जहाँ फ्रान्स र क्रोएसिया आमनेसामने हुँदैछन्।
बलिउड अभिनेता जोन अब्राहमले आफ्नो सपोर्ट र जित्ने सम्भावना भएको टिम बताएका छन्। उनको नजरमा आजक्रोएसियाले उपाधि उचाल्ने छ। र उनको सपोर्टपनि क्रोएसियालाई नै हुने छ।
अब्राहम क्रोएसिया फ्रान्स भन्दा कमजोर भएपनि कमजोरकै हौसला बढाउनु पर्ने पक्षमा छन्। उनी भन्छन्,‘सबैलाई थाहा छ फ्रान्स क्राएसिया भन्दा बलियो टिम हो तर म चाहान्छु की क्रोएसियाले राम्रो प्रदर्शन गरेर दर्शक र प्रशंसकको मन जित्न सकोस।’
क्रोएसियालाई समर्थन गरेपनि अब्राहमलाई फ्रान्सेली फुटबलर एमवाप्पे उत्कृष्ट लाग्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।