काठमाडौं– आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले कतारको सामना गर्दैछ।
मलेसियामा हुने छनोटको पहिलो खेल नेपाल र कतारबीच केहीबेरपछि हुँदैछ। विश्वकपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली जित निकाल्दै सुखद सुरुआत गर्ने योजनामा छ।
कतार पनि नेपाललाई हराएर विजयी सुरुआतको लक्ष्यमा हुनेछ। छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन्।
नेपालले दोस्रो खेल शनिबार युएईविरुद्ध र सोमबार भुटानविरुद्ध खेल्नेछ । नेपालले जुन ७ मा थाइल्याण्ड र जुन ९ मा मलेसियाविरुद्ध खेल्नेछ।
नेपाली टोली :
कृतिका मरासिनी (कप्तान), स्नेहा महरा, श्रीष्टि जैशी, मनिषा उपाध्याय,मनिषा राना मगर, अलिशा यादव, साना प्रविन, रन्जु श्रेष्ठ,आश्मा पुलामी मगर,सानु राजवंशी,किरण कुँवर,अन्जली बिक,अनु कडायत,सुष्मिता भुसाल।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।