काठमाडौं- प्रतिनिधिसभाको आजको बैठक पूर्व सांसद तथा पूर्व राज्यमन्त्री मोहम्मद मुस्तक आलमप्रति शोकप्रस्ताव पारित गरी स्थगित भएको छ।
प्रतिनिधिसभाको बैठकले आलमको निधनमा शोक प्रस्ताव पारित गरेको हो। आलम २०७० सालमा तत्कालीन मधेसी जनअधिकार फोरमका तर्फबाट रौतहट क्षेत्र नम्बर २ बाट संविधानसभामा निर्वाचित भएका थिए।
नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का सदस्य आलमको ५३ वर्षको उमेरमा बाँसवासी स्थित गंगालाल अस्पतालमा हृदयरोगको उपचारका क्रममा असार २९ गते बेलुका निधन भएको हो।
प्रतिनिधिसभाको अर्को बैक असार भोलि १ बजेका लागि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।