काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लूएओ)ले उत्तर कोरियामा कोरोना महामारीको संकट गहिरिएको हुन सक्ने अनुमान गरेको छ।
डब्लूएचओका आपतकालीन निर्देशक माइकल रायनले उत्तर कोरियाको अवस्था राम्रोभन्दा पनि झन् बिग्रिएको हुनसक्ने बताए। यद्यपि, त्यहाँको कोभिड माहामारीको तथ्यांकबारे आफ्नो पहुँच नभएकोले यकिन बताउन नसकिने उनको भनाइ छ।
१२ मेमा कोभिडको पहिलो केस देखिएको घोषणा गरेको उत्तर कोरियाले गत साता नै कोभिड नियन्त्रणमा आएको दाबी गरेको थियो। सरकारी सञ्चार माध्यम केसीएनले संक्रमणका घटनामा कमी आएको दाबी गरेको थियो।
उत्तर कोरियाले यसअघि ‘ज्वरो’ बाट आफ्ना लाखौँ नागरिक प्रभावित भएको बताएको थियो। उत्तर कोरियामा ३० लाख जनामा कोरोना संक्रमण देखिएको तर, उसको आधिकारिक विवरणमा संक्रमणलाई ज्वरो भनिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।