इनरुवा- पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ। केसी ब्यारेजको ५६ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ।
शनिबार राति पौने ९ बजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर जाने पानीको बहाव २ लाख १५ हजार ९ सय ७० क्युसेक प्रतिसेकेन्ड पुगेपछि २९ वटा ढोका खुल्ला गरिएको हो। ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जनाए।
ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार क्युसेक प्रतिसेकेन्डभन्दा माथि पुगेपछि खतराको बत्ती बालिने गरे पनि सुनसरीमा खतराको अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जनाएका छन्।
कोसी ब्यारेज भएर पानी बग्ने क्षमता ५ लाख क्युसेक प्रतिसेकेन्ड भएकाले २ लाख क्युसेक पानीको बहाव हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।