काठमाडौं- बेल्जिमयले २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा तेस्रो स्थान हात पारेको छ। शनिबार भएको प्लेअफ खेलमा बेल्जिमयले इंग्ल्यान्डलाई २-० गोलले पराजित गर्दै तेस्रो स्थान हात पारेको हो। हारसँगै इंग्ल्यान्ड चौथो स्थानमा सीमित बन्यो।
खेलको चौथो मिनेटमै बेल्जियमले अग्रता लिएको थियो। थोमस मेउनियरले गोल गरेछि बेल्जिमयले सुरुवाती अग्रता लिएको थियो। ८२ मिनेटमा बेल्जियमले अग्रता दोब्बर पार्यो। बेल्जियमका लागि कप्तान इडिन हजार्डले लोभलाग्दो गोल गरेका थिए।
भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।