• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

पर्याप्त वर्षा नहुँदा सप्तरीमा ८० प्रतिशत खेत बाँझै, सिँचाइ र मल अभाव हुँदा रोपाइँ प्रभावित

64x64
नेपाल लाइभ आइतबार, असार ३१, २०७५  ०२:१५
1140x725

राजविराज– देशका अन्य भागमा वर्षाका कारण जनजीवन प्रभावित भइरहेका बेला पूर्वी नेपालको तराई क्षेत्रमा भने पर्याप्त वर्षात् नहुँदा किसान चिन्तित भएका छन्।

पर्याप्त वर्षा तथा सिँचाइ र मलको अभाव हुँदा सप्तरी लगायत तराई क्षेत्रको धान रोपाइँ प्रभावित भएको छ। सप्तरीमा हालसम्म अधिकांश खेतीयोग्य जग्गा बाँझो छ।

सिँचाइ सुविधा पुगेका ४० हजार र नपुगेका ३० हजार गरी कुल ७० हजार हेक्टर खेतीयोग्य जमिनमध्ये हालसम्म २० प्रतिशत खेतमा मात्रै रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ। वर्षा नहुँदा ८० प्रतिशत भू–भागमा रोपाइँ हुन नसकेको हो।

जिल्लामा रहेका तीन वटा नहरमध्ये कोशी पश्चिमी नहरमा पानी सञ्चालनमा आएपनि पम्प नहर र चन्द्र नहर पूर्णरुपमा सुचारु हुन सकेका छन्। गत असार/साउनमा आएको बाढीले क्षति गरेका दुवै नहरको मर्मतसम्भार चलिरहेकाले पानी सुचारु गर्न नसकिएको कोशी पम्प चन्द्र नहर सिचाइँ डिभिजन कार्यालय सप्तरीका प्रमुख प्रसुन मिश्रले जानकारी दिए।

कोशी पश्चिमी नहर र पम्पसेटका भरमा मुस्किलले २० प्रतिशत धान रोपाइँ भएको वरिष्ठ कृषि विकास अधिकृत भागीरथ यादवले बताए। पूर्वदक्षिणी क्षेत्रको केही खेतमा सिचाइँ भएपनि पश्चिम–उत्तरका अधिकांंश क्षेत्रको खेतियोग्य जमिन बाँझै रहेको उनको भनाइ छ।

‘अहिलेसम्म ३५ देखि ४० प्रतिशतसम्म रोपाइ भइसक्नु पर्ने थियो’, यादवले भने, ‘तर, सरदर २० प्रतिशतभन्दा बढी रोपाइँ हुन सकेको छैन।’

Ncell 2
Ncell 2
nimb
nimb

सिचाइँ सुविधा नहुँदा बोदे बरसाइन, पातो, वरही विरपुर, फूलकाही, कोदरकट्टी, भुतही, मानराजा, खडकपुर, अर्नाहा, ब्रहमपुर, कविलासा, मलहनियाँ, मलहनमा, हर्दिया, कटैया, रामपुर जमुवा, मोहनपुर लगायत उत्तरपश्चिमी क्षेत्रका तत्कालीन तीन दर्जनभन्दा बढी गाविसहरुमा धान रोपाइँ नभएको कार्यालयले जनाएको छ।

किसानहरु बाँझो खेत जोतेर पानी पर्ने आशामा बसेका छन्। ‘हिलोमा भासिएर काम गर्नुपर्ने महिनामा धुलोबाट जोगिनु पर्ने अवस्था छ।’, महदेवा गाउँपालिका–२ का किसान रामप्रसाद देव भन्छन्, ‘कतै वर्षा भइहाल्छकि भनेर बाँझो मारेर बसेका हौँ।’

पम्पसेटको सहारामा रोपिएको धान पनि घामका कारण डढ्ने सम्भावना बढ्न थालेको राजविराज–१६, बोरियाका किसान राजेन्द्रप्रसाद यादव बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मलमा कालोबजारी

धान रोपाइँको सुरुवातसँगै सप्तरीमा रासायनिक मलको कालोबजारी सुरु भएको छ। प्रति बोरा २ हजार २ सय पर्ने डिएपी मल २ हजार ८ सय रुपैयाँसम्म खरिदबिक्रि भइरहेको किसानहरु बताउँछन्।

सहकारी तथा डिलरमार्फत आवश्यकता अनुसार मल नपाएपछि अन्यत्रबाट महंगो दरमा किन्नु परेको  बोरियाका किसान यादवले गुनासो गरे। अस्तित्वमै नरहेका सहकारीहरुले कृषि सामग्री केन्द्रमार्फत मल खरिद गरेर किसानलाई नदिई व्यापारीलाई बिक्रि गर्दा आफुहरु समस्यामा परेको किसानहरुले आरोप लगाए।

कृषि सामग्री केन्द्रका शाखा अधिकृत आलोककुमारले हालसम्म सप्तरीमा १ सय ८२ सहकारी मार्फत ८ सय मेट्रिक टन मल वितरण भएको बताए। हरेक सहकारीलाई सातामा १ सय बोरासम्म युरिया तथा पहिलो पटक १५ र दोश्रो पटक ३० बोराका दरले डिएपी मल वितरण गरिएको उनले जानकारी लिए।

जिल्ला कृषि विकास कार्यालय सप्तरीका वरिष्ठ कृषि विकास अधिकृत यादवका अनुसार सप्तरीमा ७ मेट्रिक टन डिएपी र १० मेट्रिक टन यूरिया मलको आवश्यक्ता छ।

आपुर्ति समितिका संयोजक तथा सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने उपलब्धता र पर्याप्तताका आधारमा मल वितरणको व्यवस्था मिलाइएको दावी गर्छन्। उनले मलमा भइरहेको कालोबजारी नियन्त्रणका लागि जिल्ला भरीका प्रहरी युनिटलाई सक्रिय बनाइएको बताए।

मलको बिक्रिवितरणमा चलखेल र कालोबजारी भइरहेको विषय आफुहरुलाई पनि जानकारीमा आएको बताउँदै प्रमुख जिल्ला अधिकारी पौडेलले त्यस्ता व्यक्ति र निकायको विरुद्धमा उजुरी आए वा फेला परे तत्काल कारबाही गर्ने प्रष्ट पारे।

प्रकाशित मिति: आइतबार, असार ३१, २०७५  ०२:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप मंगलबार, असोज २७, २०८३
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्