काठमाडौं– फिल्म 'ड्रिम्स'बाट नेपाली रजतपटमा उत्रिएकी अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह। पछिल्लो समय नेपाली फिल्म बजारमा हिट र सफल अभिनेत्रीहरुको सूचीमा उनको नाम अग्रपंक्तिमा आउने गरेको छ।
फिल्म 'ड्रिम्स' र 'ए मेरो हजुर २' बाट उत्कृष्ट प्रतिकृया पाएकी साम्राज्ञीले तेस्रो फिल्म 'तिमिसँग'मा भने साेचे अनुरुप जस पाउन सकिनन्। छविराज प्रोडक्सनमा निर्मित फिल्म 'मंगलम'मा उनी अतिथि भूमिकामा देखिइन् तर त्यति धेरै नोटिस हुन भने सकिनन्।
पछिल्लो समय साम्राज्ञी मुख्य पात्रका रुपमा फिल्म 'कायरा' देखिँदै छिन्, जुन अागामी साउन १८ बाट प्रर्दशनको तयारीमा छ। यसलगतै उनको अभिनय रहेको अर्को फिल्म 'इन्टुमिन्टु लण्डनमा' पनि प्रदर्शनको तयारीमा छ।
छोटो समयको अभिनय यात्रामा साम्राज्ञीको चर्चा चुलिँदो छ। तर, उत्कृष्ट अभिनय र हालको उचाइलाई कायम राख्न भने उनी सजग रहनु जरुरी देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।