• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

विराटनगर महानगरमा विभिन्न पूर्वाधारको निर्माण

64x64
नेपाल लाइभ शनिबार, असार ३०, २०७५  ०८:२९
1140x725

विराटनगर- विराटनगर महानगरपालिकाले रु ३७ लाखको लागतमा वीरेन्द्र सभागृह मर्मत र महानगरपालिकाको सभाहल निर्माण कार्य सम्पन्न गरेको छ। 

महानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विगत एक वर्षको अवधिमा गरेका कार्य सम्बन्धमा सो जानकारी दिइएको हो। 

महानगरका प्रमुख भीम पराजुलीले सभागृह छेउमा रहेको इको पार्कको निर्माणकार्य सम्पन्न भई आगामी केही दिनभित्र उद्घाटन गरिने बताए। 

महानगरपालिकाले ‘छोरी बचाऊ’ अभियान अन्तर्गत आमालाई रु तीन हजार प्रदान गरिरहेकामा अब ‘छोरी पढाऊ’ अन्तर्गत छोरीलाई उच्च शिक्षा प्राप्त होस् भनी एकमुष्ठ रकमको अक्षयकोष स्थापना गर्ने भएको छ। 

एक वर्षको निर्माणसम्बन्धी जानकारी दिने क्रममा प्रमुख पराजुलीले महानगरपालिका वडा नं ५ मा उचित व्यवस्थापनसहित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा नं १५ र १९ मा १५ शय्ययाका स्वास्थ्य सञ्चालनमा ल्याएको बताए। 

यस्तै, मझौला एकीकृत सहरी वातावरणीय सुधार परियोजना अन्तर्गत ३४ दशमलब ६४ किलोमिटर, ठूला नाला (शतप्रतिशत), सडक छेउको नाला ३५ दशमलब ७२ किलोमिटर (९९ दशमलव ०९ प्रतिशत), ढल ४३ दशमलब ६४ किलोमिटर (९९ दशमलब ९३ प्रतिशत) निर्माण कार्य सम्पन्न भएको बताइएको छ। 

यसैगरी सोही परियोजना अन्तर्गत ग्राभेल सडक ३६ दशमलव ७९ किलोमिटर र पक्की सडक ३ दशमलव ५ किलोमिटर गरी (९० दशमलव २६ प्रतिशत) निर्माण कार्य सम्पन्न गरेको छ। 

विराटनगर भएर बग्ने फोहर पानीको नाला अन्तर्गत फोहर पानी शुद्ध गरी सिँघिया खोलामा खसाउने फोहर पानी प्रशोधन केन्द्रको ९१ दशमलव १५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको जानकारी गराइयो। 

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी ठूलो नाला ३ सय ५० मिटर (८१ दशमलब १८ प्रतिशत), सडक छेउ नाला १४ दशमलब किलोमिटर (५५ दशमलब ९० प्रतिशत), ढल ८ दशमलब ०२ किलोमिटर (३९ दशमलब ९५ प्रतिशत) कार्य सम्पन्न भएको छ। यस्तै, पिच सडक १३ दशमलब ८२ किलोमिटर (१८ दशमलब ९१ प्रतिशत) निर्माण कार्यमा सम्पन्न भएको बताइएको छ। 

यसैगरी सघन सहरी विकास कार्यक्रम अन्तर्गत सडक छेउ नाला २३ दशमलव ८ किलोमिटर (९८ प्रतिशत), पिच सडक ९ किलोमिटर (६० प्रतिशत) निर्माण कार्य सम्पन्न भएको छ। 

यस्तै, विराटनगर–११ मा निर्माणाधीन बसपार्कको निर्माणकार्य ९५ प्रतिशत पूरा भएको छ भने विराटनगर वडा नं ४ मा निर्माणाधीन तारिणीप्रसाद कोइराला सञ्चार ग्राम २२ प्रतिशत निर्माणकार्य सम्पन्न सम्पन्न भएको जानकारी दिएको छ। 

भारतीय दूतावासको सहयोगमा निर्मित गुरुकुल नाटकघरको भौतिक निर्माण प्रगति ३० प्रतिशत भएको प्रमुख पराजुलीले बताए। 

महानगरपालिकाले नगर क्षेत्रलाई डुबानबाट मुक्त गर्न ठूला नाला, पैनी, कच्चीनाला खन्ने र सफा गराउने कार्यलाई तीव्रता दिएको छ भने छ लेन सडक निर्माण परियोजनामा (हाइवे) डुबान समस्या कम गर्न विभिन्न स्थानमा क्रसिङ नाला निर्माण गरिएको पत्रकार सम्मेलनमा बताइएको छ। 

महानगरले वडा नं १ बालमैत्री अध्ययन/सूचना केन्द्र स्थापना गर्नाका साथै फोहरमैला व्यवस्थापन तथा वातावरण प्रवर्द्धनका लागि मुख्य सडक, व्यापारिक, घर क्षेत्रमा ठूलो साइजको डस्टबिनको व्यवस्थापन गरिएको छ। 

यसैगरी महानगरपालिका कर संकलन वृद्धिका लागि कर शुल्क सेवा शुल्क लगायतका सबै कर प्रणालीलाई आगामी साउन १ गतेदेखि वडाबाट सेवा प्रदान गर्ने गरी वडा कार्यालयमा व्यवस्थितरुपमा कम्प्युटरकृत, आवश्यक कागजसहित कर्मचारीलाई तालीम प्रदान गरेको जनाएको छ।

महानगरपालिकाले डेङ्गु र मलेरिया जस्ता रोगबाट नगरवासीलाई बचावटका लागि महानगरपालिकाभित्र लामखुट्टे मार्ने औषधि स्प्रे गर्ने गरेको छ। 

महानगरको सुन्दरताका लागि शहीद मार्गबाट शास्त्रीमार्ग हुँदै घेघाहापैनी (शनिहाट) सिंगियासम्म बहुउद्देश्यीय पार्क निर्माण कार्य प्रारम्भ गरेको छ भने ऐतिहासिक विराट राजा दरबार क्षेत्रका लागि डिपिआर तथा निर्माणकार्य लागि संयोजकको चयन समेत गरेको छ। 

सामुदायिक विद्यालयलाई स्तरोनतिका लागि नगर क्षेत्रका पाँच वटा विद्यालयको आवश्यक सहयोग प्रदान गरिएको छ। महानगरपालिकाले नेपाल पत्रकार महासंघ प्रदेश नं १ र शिरोमणि पुस्तकालयलाई भवन निर्माणका लागि जग्गा प्रदान गरेको छ। 

प्रमुख पराजुलीले आफूले विगत एक वर्षमा महानगरपालिकाबाट पाएको सुविधाको रकम सामुदायिक विद्यालयलाई सहयोग गरेको बताए। (रासस)

प्रकाशित मिति: शनिबार, असार ३०, २०७५  ०८:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश
सम्बन्धित सामग्री
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह विभागका अनुसार उत्तर अण्डमान सागरमा विकसित न्यूनचापीय क्षेत्र अहिले बंगालको खाडीको मध्य भागमा पुगेको छ। उक्त प्रणाली थप शक्तिशाली बन... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा राष्ट्रिय योजना आयोगले विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) प्रतिवेदन तयार पार्न रसुवा, नुवाकोट, धादिङ र गोरखाका बाढी प्रभावित सब... सोमबार, असोज ५, २०८३
टेकुमा प्लास्टिक गोदाममा आगलागी काठमाडौं महानगरपालिका–१२ स्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिक रहेको प्लास्टिक गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ । सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश सोमबार, असोज ५, २०८३
टेकुमा प्लास्टिक गोदाममा आगलागी सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्