पाचथर– पाँचथरको हिलिहाङ गाउँपालिकाबाट प्रहरीले ११ किलो सालकको खपटासहित एक जनालाई पक्राउ गरेको छ। खपटा ओसारपसारमा संलग्न हिलिहाङ गाउँपालिका ३ का ५३ वर्षीय फुपुठिले शेर्पालाई पक्राउ गरिएको हो।
मेची राजमार्गमा सवारी चेकजाँच गर्ने क्रममा मे १ ज १४३९ नम्बरको बोलेरो गाडीमा सालकको खपटा, चाँदीको गहना र १२ हजार नगदसहित उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अमरपुरले जनाएको छ।
शेर्पालाई आवश्यक अनुसन्धानपश्चात् कारबाहीका लागि जिल्ला वन कार्यालय पाँचथरमा बुझाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।