विराटनगर– मोरङको मिक्लाजुङ गाउँपालिका ५ स्थित धानखेति भन्ने स्थानमा माछा मार्न खोज्दा डुबेर एक महिलाको मृत्यु भएको छ।
मौवाखोला गाउँपालिका १ बस्ने अनिश तामाङकी श्रीमती २७ वर्षीया शर्मिला राईको सोल्टी खोलामा डुबेर मृत्यु भएको हो। माइत आएका बेला उनी खोलामा माछा मार्न गएको स्थानीयले जानकारी गराएका छन्।
डुबेर गम्भीर बनेकी उनलाई उपचारका लागि उर्लाबारीमा लगिएको थियो। उपचारकै क्रममा राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।