• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

अब फिल्मको संख्याभन्दा कथामा ध्यान दिन्छु : दयाहाङ

64x64
नेपाल लाइभ आइतबार, असार ३१, २०७५  ००:४५
1140x725

काठमाडौं– ‘लुट’, ‘कबड्डी’ जस्ता फिल्मबाट एकाएक नेपाली फिल्म नगरीमा दबदबा कायम गर्न सफल अभिनेता हुन् दयाहाङ राई। यतिबेला उनको अभिनय रहेको फिल्म ‘भैरे’ प्रदर्शनको तयारीमा छ। फिल्म आगामी साउन ४ बाट प्रदर्शनमा आउँदै छ। 

नाटक लेखन, निर्देशन र अभिनय हुँदै फिल्म क्षेत्रमा आएका दयाहाङले केही समय नेपाली फिल्म बजारमा अभिनयको जादु नै चलाए। नेपाली फिल्म बजारमा उनको माग र उनको फिल्मी मोह ह्वात्तै बढ्यो। 

फिल्म लुटमा उनले गरेको अभिनय अहिले पनि उनको परिचयको पर्याय बनेको छ। उतिबेलाका केही फिल्मले प्राप्त गरेको सफलता र स्टारडमलाई पछिल्लो समयसम्म कायम राख्न भने दयाहाङ चुकेको देखिन्छ। यस विषयमा दयाहाङ स्वयं पनि सहमत छन्। 

भन्छन्, ‘यतिबेला सोच्ने गर्छु, मैले दर्शकले चाहेजस्तो दिन पो सकिराख्या छुइनँ कि, अथवा समय अनुसार परिवर्तन पो हुन सकिएन कि भनेर। तर, फिल्म लुटको चर्चा अथवा कुनै सफल फिल्मको चर्चालाई जोडेर अहिलेसम्म तुलना गर्नु चाहिँ त्यति उपयुक्त जस्तो लाग्दैन।’

पछिल्ला दुई वर्ष संख्यात्मक अभिनयमा जोड दिएका दयाहाङले दर्शकको मन जित्ने अभिनय भने पस्किन सकेका छैनन्। उनको अभिनयमा निर्माण भएका र पछिल्लो समय प्रदर्शनमा आएका कुनै पनि फिल्मले उल्लेख्य सफलता पाउन सकेनन्। 

दयाहाङको अहिले आलोचना हुन्छ भने, ‘राम्रा फिल्मभन्दा धेरै फिल्म खेल्यो’ भन्ने विषयलाई लिएर हुने गर्छ। 

यसबारे दयाहाङको तर्क भने केही फरक छ। भन्छन्, ‘म फिल्म क्षेत्रमा छु भने मलाई सबै कुराको ज्ञान हुन जरुरी छ। नयाँ र पुराना पुस्ताका फिल्म मेकरहरुलाई मैले नजिकबाट नियाल्न सक्नुपर्छ। यसको अनुभवका लागि मैले संख्यामा जोड दिएको हुँ। पछिल्ला २ वर्ष मैले धेरै फिल्ममा अभिनय गरेँ। यो मेरो रहर नै थियो।’ 

Ncell 2
Ncell 2
nimb
nimb

‘मलाई नेपाली फिल्म क्षेत्रबाट भरपूर अनुभव लिन मन थियो। त्यसका लागि संख्यात्मक अभिनयमा जोड दिएँको हुँ,’ उनले प्रस्ट पार्दै भने, ‘नेपाली फिल्म बजारका निर्माता, निर्देशक लगायत सिंगो फिल्म बजारलाई बुझ्ने मेरो इच्छा पूरा गर्न फिल्मको संख्यालाई प्राथमिकतामा राखेको हुँ। यसबाट म सन्तुष्ट पनि छु। मलाई लाग्दैन कि यो आलोचनाको विषय हो।’ 

केही समयअघि नेपाली फिल्म बजार नै दयाहाङमय थियो। कुनैकुनै महिना त उनको अभिनयमा रहेका फिल्म सातापिच्छे हलमा लाग्ने गर्थे। फिल्म परिवर्तन हुन्थे, नाम परिवर्तन हुन्थे। तर, मुख्य कलाकार दयाहाङको अभिनय प्रकृतिमा दर्शकले खासै परिवर्तन महसुस गर्न पाउँदैन थिए। त्यसकै नतिजा हुनुपर्छ दयाहाङको अभिनयले दर्शकमाझ प्रभाव जमाउन सकेन। 

यिनै विषयलाई बुझेर हुनुपर्छ दयाहाङ अब संख्यात्मक अभिनयबाट पातलिने सोचमा छन्। अब संख्यामा भन्दा कथावस्तुको छनोटमा जोड दिने योजनामा छन् उनी। 

भन्छन्, ‘मैले धरै फिल्ममा काम गर्न छोडिसकेँ। अघिल्ला २ वर्षमा जति अनुभव लिनु थियो लिएँ। अब कथाको छनोट र गुणस्तरीय अभिनयमा ध्यान दिन्छु। कुनै बेला मलाई समयले हिट बनायो होला, तर हिट र फ्लपभन्दा पनि अब सन्टुष्टिका लागि फिल्म छानेर मात्र अभिनय गर्ने सोचमा छु।’

उनले भनेजस्तै दयाहाङको अभिनयमा रहेका फिल्महरु अहिले बजारमा कम नै छन्। केही समयअघि फिल्म ‘नेप्टे’ प्रदर्शनमा आएको थियो भने अब ‘भैरे’ प्रदर्शनको तयारीमा छ। त्यससँगै ‘साइँली’ र ‘आप्पा’मा उनी देखिनेछन्। 

दयाहाङको घट्दो क्रेजलाई फिल्म ‘भैरे’ले टेको दिन सक्ला कि नसक्ला भन्ने फिल्म प्रदर्शनमा आएपछि थाहा हुने नै छ। तर, दयाहाङ आफैं त्यति विश्वस्त भने छैनन्। भन्छन्, ‘भैरे एक सामाजिक कथावस्तुमाथि बनेको फिल्म हो। यसमा भरपूर मनोरञ्जन छ। दर्शकलाई भुलाउन सक्ने कथा छ। तर, बाँकी कुरा समयले निर्धारण गर्छ।’ 

यस विषयमा फिल्म लुटको उदाहरण दिँदै उनी थप्छन्, ‘जतिबेला लुट प्रदर्शनमा आयो त्यतिबेला हाम्रो चाहना सय जना दर्शकले हेरेर मन पराइदिऊन् भन्ने थियो। तर, परिस्थिति अर्कै बन्यो। फिल्मसँगै आफू पनि हिट भइयो। त्यो सबै समय अनुसारको नतिजा थियो। त्यसैले भैरेले के गर्छ भन्ने कुरा समयले नै बताउनेछ।’

प्रकाशित मिति: आइतबार, असार ३१, २०७५  ००:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश
टेकुमा प्लास्टिक गोदाममा आगलागी
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश सोमबार, असोज ५, २०८३
टेकुमा प्लास्टिक गोदाममा आगलागी सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्