• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

विदेशमा ठगिएर फर्किएका युवा अरुलाई सघाउँदै

64x64
नेपाल लाइभ शुक्रबार, असार २९, २०७५  १४:५८
1140x725

पोखरा– १७ वर्षको लाऊँ-लाऊँ खाऊँ-खाऊँ भन्ने उमेरमा खुमाया मगर वैदेशिक रोजगारीमा गइन्। साउदी अरबमा ६ वर्ष काम गर्दा उनले काममा खासै सास्ती खेप्नुपरेन। तर, त्यहाँबाट फर्किएर बहराइनमा ४ वर्ष काम गर्ने क्रममा भनउनको जीवनमा उथलपुथल सुरु भयो।

बहराइनमा रहँदा बाँके निवासी एक युवकसँग उनको प्रेम गाँसियो। प्रेम विवाह गरेर नेपाल आइसकेपछि पो थाहा पाइन्, त्यो युवकको पहिल्यै अर्कै घरबार रहेछ। 

‘उसको घरमा श्रीमती र छोरी रहेछन् । मलाई झुक्यायो’, उनी भन्छिन्, ‘धेरै समय मुद्दा लडेपछि मात्रै मेरो छोरीको जन्मदर्ता गराएँ र सम्बन्ध विच्छेद पनि गरेँ।’ सम्बन्ध विच्छेदपछि बाँके छोडेर कास्की फर्केकी खुमाया छोरीसहित घान्द्रुकमा बस्छिन्। उनले अहिले गाउँमै वैदेशिक रोजगारीकम जान चाहने युवालाई मनोवैज्ञानिक परामर्श र अन्य सूचना दिँदै आएकी छिन्। 

मादी–१, सिक्लेसका पदम गुरुङ १९ वर्षको उमेरमा कतार गएका हुन्। त्यहाँ ६ वर्ष काम गर्दा केही पैसा जोहो गरेर उनी नेपालमै व्यवसाय गर्ने सोचले फर्किए। तर, यहाँ आएपछि उनलाई लगानीको वातावरण सुरक्षित लागेन। फेरि कतार उडेका उनी २७ महिना काम गरेर फर्किए। यसपटक एजेन्टले उनलाई सपनाको देश अमेरिकाको आश्वासन देखाए। 

‘परिवारले पनि जान भनेपछि म तयार भएँ’, उनी भन्छन्, ‘कुरा गरेको दुई दिनमै भिसा आउँदा छक्क परेँ।’

अमेरिकन सिपमा कामका लागि गएका गुरुङलाई ३ महिने भिजिट भिसा थमाएर थाइल्यान्डको बाटो हुँदै लगियो। थाइल्यान्डमा उनलाई ३ वर्षे अस्ट्रेलियन भिसा दिइयोे। यता घरमा हुन्डीमार्फत पैसा असुल्न थालियो। 

‘हुन्डीमार्फत परिवारसँग पैसा असुल्न थालेपछि त्यसको कागजात नहुने भएकाले कतै उजुरी गर्ने कुरा पनि भएन। थाहा पाउँदापाउँदै ठगिएँ’, उनले सुनाए। थाइल्यान्डबाटै फर्किएका उनी अहिले आफू जस्तै युवाले वैदेशिक रोजगारका नाममा दुःख नपाऊन् भनेर जाने–बुझेर मात्रै विदेश जान सिकाइरहेका छन्।

मगर र गुरुङ जस्तै अहिले कास्कीका विभिन्न क्षेत्रमा १४ युवाले परामर्श तथा सूचना बाँडिरहेका छन्। उनीहरुले शुक्रबार पोखराका पत्रकारहरुसँग आफ्नो भोगाइ र अनुभव सुनाए।

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरु ‘शैक्षिक रोजगारका लागि सुरक्षित आप्रवासन(सामी) परियोजना’मा परामर्शदाताका रुपमा काम गरिरहेका छन्। उनीहरुको काम सकभर विदेश नगई नेपालमै केही गर्न युवालाई प्रोत्साहन गर्नु हो। 

अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ र ९ मा कार्यक्षेत्र रहेका मानसिंह कामी भन्छन्, ‘हामीले अहिले बिल भरपाई गरेर मात्रै आर्थिक लेनदेन गर्नुपर्छ, सीप र तालिम सिकेर मात्रै विदेश जानुपर्छ भन्ने कुरा सिकाइरहेका छौं।’ 

उनका अनुसार, पहिले र अहिलेको अवस्थामा युवामा धेरै चेतना आइसकेको छ।

मादी ८ र ९ कार्यक्षेत्र तोकिएका श्याम परियारले आफू ओमन जाँदा ठगिएको र त्यसरी अरु नठगिऊन् भन्ने सोचले परामर्शदाताका रुपमा काम गरिरहेको बताए। परियारको क्षेत्रमा धेरैलाई आफन्तहरुले नै ठगेकाले समस्याबारे खुलाउन नचाहेको उनको बुझाइ छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘ठग्नेहरु आफन्त नै हुने भएकाले भोलिका दिनमा आफूलाई समस्या आउला भनेर गुनासो नै गर्दैनन्’, उनी भन्छन्। 

आफूहरुले विभिन्न कार्यक्रम तथा सभाको अवसर पारेर वैदेशिक रोजगार सम्बन्धी पम्प्लेट र पर्चा बाँडे पनि धेरैले अविश्वास गरेको पोखरा–२५ निवासी मीनप्रसाद त्रिपाठी बताउँछन्। 

‘हामीले सिकाउँदा–सिकाउँदै पनि लुकेर हामीले नगर्न भनेको काम गर्छन्, पछि उनीहरु आफै पछुताएका धेरै घटना पनि छन्’, उनले भने।

फ्रि भिसा फ्रि टिकट हो भनेर बुझाउँदा पनि आफूहरुमाथि अविश्वासकै कारण कतिपयले एजेन्टहरुलाई धेरै पैसा बुझाइरहेको उनले गुनासो गरे।

सामी परियोजना वैदेशिक रोजगारमा गएकाहरुमा कुनै समस्या नहोस् भन्ने उद्देश्यले जिल्ला समन्वयन समितिद्वारा सञ्चालित परियोजना हो। यस परियोजनामा विदेश गएर ठगिएकाहरुले नै परामर्शदाताका रुपमा काम गरिरहेको परियोजनाका संयोजक माया गुरुङले जानकारी दिइन्।

जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले निम्नवर्गका मात्र नभई माथिल्लो र शिक्षित घरानियाँ पनि वैदेशिक रोजगारीका नाममा ठगिने गरेको बताए। 

‘तल्लो र अशिक्षित भनिएकाहरु खाडी मुलुकमा ठगिन्छन् तर शिक्षित र सहरिया वर्ग अमेरिका तथा युरोपेली राष्ट्रमा ठगिन्छन्’, उनले भने। 

समितिले वैदेशिक रोजगारमा दुःख पाएकालाई न्याय दिलाउन सहयोग गरिरहेको उनले बताए। स्वदेशमै स्वरोजगारको अवस्था सिर्जना गरी दक्ष युवालाई पलायन हुनबाट रोक्नुपर्ने भन्दै उनले वैदेशिक रोजगारमा जानैपरे सम्पूर्ण कागजपत्रको ध्यान राख्न आग्रह समेत गरे।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०७५  १४:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप मंगलबार, असोज २७, २०८३
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्