एजेन्सी– पछिल्लो समय एक्सन र कमेडी फिल्महरुमा व्यस्त रहँदै आएका बलिउड अभिनेता अजय देवगन केही फरक भूमिकामा देखिने भएका छन्।
उनी फिल्म 'चाणक्य'मा शीर्ष भूमिकाका लागि अनुबन्ध भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। 'बेबी' र 'एमएम धोनी' जस्ता फिल्मको निर्देशन गरेका निरज पाण्डेले यसको निर्देशन गर्न लागेका हुन्।
अजयले आफू 'चाणक्य' मा अनुबन्धित भएको जानकारी ट्विटर मार्फत गराएका हुन्। उनले उक्त फिल्ममा काम गर्न आफू निकै उत्साहित भएको पनि उल्लेख गरेका छन्।
भारतको मौर्यकालीन सभ्यताका दार्शनिक, अर्थशास्त्री तथा राजनीतिज्ञ चाणक्य 'कौटिल्य' र 'विष्णुगुप्त' को नामले समेत परिचित छन्। उनैको जीवनीमा आधारित रही फिल्म निर्माण हुन लागेको हो।
अजय देवगन फिल्म 'चाणक्य' बाहेक रोहित सेट्टीको 'सिम्बा'मा पनि देखिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।