काठमाडौं– 'कान्तिपुर दैनिक'मा नारायण वाग्ले प्रधान सम्पादक नियुक्त भएका छन्। केही दिनअघि प्रधान सम्पादक सुधीर शर्माले राजीनामा दिएपछि नयाँ प्रधान सम्पादकको विषयमा सामाजिक सञ्जालमा निकै चासो व्यक्त भइरहेको थियो।
एक दशकअघि कान्तिपुरको सम्पादकबाट वाग्लेले राजीनामा दिएपछि शर्मा सम्पादक भएका थिए। शर्मालाई पछि प्रधान सम्पादक बनाइएको थियो।
वाग्लेलाई सम्पादकीय नेतृत्वबाट प्रतिस्थापन गरेका शर्मालाई पुन: वाग्लेले नै प्रतिस्थापन गरेका हुन्।
शर्मासँगै 'द काठमाडौं पोस्ट' बाट राजीनामा दिएका अखिलेश उपाध्यायले वाग्लेलाई स्वागतसहितको ट्विट गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।