राजविराज– सप्तरीको महादेवा गाउँपालिका–१ का लक्ष्मी इसरको घरमा आज भएको आगलागीमा ७ लाख मुल्य बराबरको क्षति भएको छ।
बिहान सवा ३ बजे गोठबाट विद्युत चुहावट भई सुरु भएको आगलागीमा परी खाद्यान्न तथा अन्य मालसामान जलेर नष्ट भएको प्रहरी चौकी पकरीले जनाएको छ।
स्थानियवासी र प्रहरीको प्रयासमा करिब १ घण्टापछि आगो नियन्त्रणमा आएको प्रहरी चौकी पकरीका प्रहरी हवलदार राजेन्द्र मुर्मुले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।