काठमाडौं– सुनसरीको गढी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले उम्मेदवारी विजयी भएका हुन्।
नेकपा एमालेका आश नारायण चौधरी नेपाली कांग्रेसका महेश दत्तलाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भए। अध्यक्षमा विजयी भएका एमालेका चौधरीले ८ हजार ९०१ मत ल्याए भने कांग्रेसका दत्तले ५ हजार ३५० मत ल्याए। अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार प्रभुलाल अरगरियाले ७७६ मत प्राप्त गरे।
उपाध्यक्षमा नेकपा एमालेकी अनिता कुमारी साह ७ हजार ८१५ मत ल्याएर विजयी भइन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी राज कुमारी चौधरीले ५ हजार ८३८ मत ल्याइन्। माओवादी केन्द्रबाट उपाध्यक्षकी उम्मेदवार रिता देवी साह चौधरीले ७५८ मत ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।