काठमाडौं– बाँकेको राप्तीसोनारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। अध्यक्षमा नेपाली कांग्रेसका तप्तबहादुर पौडेल १० हजार ११२ मत प्राप्त गरेर विजयी भएका हुन्।
गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै मनिषासिंह थारु १० हजार १३४ मत ल्याएर निर्वाचित भइन्।
अध्यक्षमा नेकपा माओवादी केन्द्रका पट्टु थारुले ९ हजार २९२ मत प्राप्त गरे भने नेकपा एमालेका रामदास थारुले ९ हजार १४० मत प्राप्त गरे। उपाध्यक्षमा नेकपा एमालेकी चमेलीकुमारी बाकवलले ९ हजार ३४१ मत प्राप्त गरिन् भने नेकपा माओवादी केन्द्रकी मन्जुकुमारी रोकायले ८ हजार ७९३ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।