काठमाडौं- नेकपा एमालेका नेता गोकुल बास्कोटाको गृहनगर काभ्रेको मण्डनदेउपुरमा एमाले पराजित भएको छ। सत्ता गठबन्धनबाट मेयरमा एकीकृत समाजवादी र उपमेयरमा कांग्रेसका उम्मेदवारले विजय हासिल गरे।
एकीकृत समाजवादीका टोकबहादुर तामाङले ९ हजार ४०६ मत ल्याएका ५न् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका विदुरप्रसाद सापकोटा ८ हजार ३५१ मत पाए।
उपमेयरमा कांग्रेसका विष्णुमणि नेपालले ११ हजार ३०५ मत ल्याउँदा निकटतम् प्रतिश्पर्धी एमालेकी सरिता ढकालले ६ हजार ९२४ मत मात्रै पाइन्।
१२ वटा वडा रहेको नगरपालिकामा एमालेले ४ वटामा मात्र जित हासिल गरेको छ। ७ वटामा कांग्रेस र एउटामा माओवादी केन्द्रले जित हासिल गरेका छन्।
नेता बास्कोटाको वडामा भने एमालेले जितेको छ। मेयरमा जित हासिल गरेको एकीकृत समाजवादीले भने वडामा ठाउँ पाएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।