काठमाडौं– सप्तरीको सुरुङ्गा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन्।
प्रमुख पदमा कांग्रेसकी गीता चौधरी निर्वाचित भएकी छिन्। उनले ७ हजार २९२ मत प्राप्त गरिन्। उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका राम नारायण चौधरीले ४ हजार २१७ मत ल्याए।
नगरपालिकाको उपप्रमुखमा पनि कांग्रेसकै रुद्र बहादुर कार्की निर्वाचित भए। उनले ६ हजार २७५ मत ल्याए। उनका प्रतिस्पर्धी एकीकृत समाजवादीकी सुनिता कुमारी मुखियाले ३ हजार ९९८ मत प्राप्त गरिन्।
नगरपालिकाको वडा नम्बर १, ३, ४ र ५ नम्बर वडामा नेकपा एकीकृत समाजवादीले जित निकालेको छ। त्यस्तै, वडा नम्बर २ र ६ मा माओवादी केन्द्र, वडा नम्बर ७ र ८ मा नेपाली कांग्रेस र ९, १० र ११ नम्बर वडामा जनता समाजवादी पार्टीले जित निकालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।