काठमाडौं– नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा पहिलो पालिका प्रमुख जितेको छ। सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतमा रहेको समाजवादीले कांग्रेससँगको गठबन्धनमा कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुख (मेयर) जितेको हो।
नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार खडक बहादुर रावत मेयरमा निर्वाचित भए। उनले १३ हजार १२८ मत ल्याएर जित हासिल गरे।
नेकपा एमालेका ममताप्रसाद चौधरीले ८ हजार २४१ मत प्राप्त गरे। चौधरी यसअघिको स्थानीय तहको निर्वाचनमा प्रमुखमा निर्वाचित भएका थिए। त्यहाँ राप्रपाका निरजकुमार मल्लले ४ हजार १४ मत प्राप्त गरे।
उपप्रमुखमा नेपाली कांग्रेसकी गुलिया कुमारी चौधरी १२ हजार २७० मत ल्याएर निर्वाचित भइन्। नेकपा एमालेका करुणदेवी बटालाले ६ हजार ९६३ मत प्राप्त गरिन्। राप्रपाका लक्ष्मीकुमारी चौधरीले ३ हजार ३२९ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।