काठमाडौं- पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले २ हजार मतले अग्रता लिएका छन्।
४४ हजार ६१६ मत गणना हुँदा आचार्यले १८ हजार ४६२ मत पाएका छन् । एमालेका कृष्ण थापाले १६ हजार ४२९ मत पाएका छन्। आचार्यले मतान्तर बढाउँदै लगेका छन्।
उपमेयरमा भने एमालेकी मञ्जु गुरुङ अघि लागेकी छिन्। कांग्रेस उपमेयर उम्मेदवार कोपिला रानाभाटलाई ८२ मतले उछिनेर गुरुङ अघि लागेकी हुन्।
गुरुङले १८ हजार ७३१ मत प्राप्त गरेकी छन् भने गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी कांग्रेसकी रानाभाटले १८ हजार ६४९ मत पाएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।