धरान– धरान उपमहानरपालिकाको वडा नम्बर २० को मतगणना जारी रहँदा एउटा मतपत्र हस्ताक्षरबिहीन भेटिएपछि आन्दोलन भएको छ।
विष्णुपादुका मतदान स्थलको १३ वटा मतपत्रमा अधिकृतको हस्ताक्षर नभएको विषयमा माओवादी कार्यकर्ताहरूले आन्दोलन गरेका हुन्।
नाराबाजीसहित पुगेको भीडले निर्वाचन अधिकृतको कार्यालय तोडफोड समेत गरेको छ। मतगणना स्थलमा रहेका माओवादी प्रतिनिधिहरूले उक्त मतपत्र बदर गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्। तर, कार्यकर्ताहरूले भने त्यसविरुद्ध आन्दोलन गरेका हुन्।
आन्दोलनपछि मतगणना स्थगित गरिएको छ। हाल धरान २०, ८ र १२ नम्बर वडाको मतगणना जारी थियो।
गठबन्धनका उम्मेदवार कोशोर राईसँग स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले झिनो मतान्तरले अग्रता लइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।