कैलाली- कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका देवीदत्त उपाध्याय निर्वाचित भएका छन्।
एमालेका उम्मेदवार धरमबहादुर थापालाई पराजित गर्दै उपाध्याय अध्यक्षमा निर्वाचित भएका हुन्। उनले ३ हजार १३४ मत प्राप्त गर्दा निकटतम् प्रतिष्पर्धी थापाले २ हजार ७१५ मत पाए।
उपाध्यक्षमा कांग्रेसका कमलबहादुर साउद निर्वाचित भए। उनले ३ हजार ३३९ मत प्राप्त गरे।
उनका निकटतम् प्रतिष्पर्धी एमालेकी सरस्वतीदेवी रावल विष्टले २ हजार ३०३ मत प्राप्त गरिन्। यो गाउँपालिकामा कांग्रेस र माओवादीको गठबन्धन थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।